आइतवार, कार्तिक २४, २०८२ | Sun November 09, 2025


आज शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढ्यो

आज शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढ्यो



काठमाडौँ, १६ पुष ।
आज शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो विहिबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो विहिबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहिबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नवौं औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार भक्तपुर महोत्सव चैत्र २८ बाट सुरू

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित