शनिबार, जेष्ठ १६, २०८३ | Sat May 30, 2026


‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आइतबार अन्तिम दिन चर्चित गायक गायिकाको भव्य प्रस्तुती हुने

‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आइतबार अन्तिम दिन चर्चित गायक गायिकाको भव्य प्रस्तुती हुने



काठमाडौँ १७ बैशाख ः नयाँ वर्ष २०८३ को अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्थाले काठमाडौंको गोकर्णमा आयोजना गरेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ अन्तिम दिन आइतबार चर्चित गायकगायिकाको बेजोड एव भव्य सांगीतिक प्रस्तुती रहने भएको छ ।
यहीँ वैशाख २४ गतेदेखि जेठ १७ गतेसम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा आयोजना भएको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ मा चर्चित गायकगायिकाको प्रसतूती भइसकेको र आईतबार अन्तिम दिन भव्य प्रस्तुती रहने भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।

यहाँका उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री सर्वसुलभ मूल्यमा उपलब्ध गराउने तथा स्थानीय प्रतिभाको खोजी गरि प्रतिभा पहिचान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको उहाँले जानकारी दिनुभयो । गोकर्णमा भएको महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान–प्रविधि, अटोमोबाइल तथा विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी सुपथ मूल्यमा बिक्री भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बृद्धि गर्ने र पर्यटनको विकास गर्ने उदेश्य समेत रहेको महोत्सवमा पर्यटनसँग सम्बन्धित विविध गतिविधि पनि समेटिएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा दुई लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको जानकारी दिदै संस्थाका अध्यक्ष महतले महोत्सवमा आकर्षणका रूपमा एशियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ लगायत बालबालिकाकालाई मनोरञ्जन दिने खेल सामग्री, विविध खाना महोत्सव तथा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति राखिएको उहाँले बताउनुभयो ।

महोत्सवमा ‘प्रथम गोकर्णेश्वर डान्स आइडल’ प्रतियोगिताको समेत आयोजना गरिएको जानकारी दिदै उहाँले शिखर छहारी सांस्कृतिक कला केन्द्रको संयोजनमा प्रतियोगिता गरिएको बताउनुभयो । महोत्सवको मुख्य प्रवेशद्वार ‘लन्डन ब्रिज’ को स्वरुपमा निर्माण गरिएको र दर्शक तथा उपभोक्ताका लागि यो आकर्षण भएको बताउनुभयो ।
कुल १२० वटा स्टल रहेको महोत्सवमा स्थानीय उत्पादन तथा महिला उद्यमीहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको जानकारी दिदै गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा स्थानीय सीप, कला र उत्पादनलाई प्राथमिकता दिएर राखिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस  वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरद्धारा खोप अभियान सफल पार्न  आव्हान

महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थी सहुलियतका लागि परिचयपत्र अनिवार्य गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरुबाट गीत, नृत्यलगायतका मनोरञ्जन प्रदान गरिएको बताउनुभयो ।
अन्तिम दिनको सांगीतिक कार्यक्रममा कमल विसी माल्दाई? समिना लो, विश्व नेपाली, चर्चित लोक गायक सानु केसी, अञ्जु सुनार, रमेश श्रेष्ठ मेलोडी, रमश श्रेष्ठ शिशिर, विनोद लामा, रेणु श्रेष्ठलगायतका गीत तथा नृत्यहरु प्रस्तुत गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित