शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


स्वास्थ्य मन्त्री थापाद्धारा गोलबजार अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

स्वास्थ्य मन्त्री थापाद्धारा गोलबजार अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान



सिन्धुली, १२ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले सिन्धुलीको गोलन्जोर अस्पताललाई स्वास्थ्य उपचारका लागि बिभिन्न प्राबिधिक सामाग्रीहरु प्रदान गर्न भएको छ ।

 

मन्त्री थापा मगरले आज गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बराल मार्फत गोलन्जोर अस्पतालका लागि इसिजी मेशीन, बाइनोकुलर माइक्रोस्कोप, प्यासेन्ट मोनिटर, इएनटी सेट र विभिन्न औषधि हस्तान्तरण गर्नु भएको हो ।

 

मन्त्री थापाले दुरदराजका अस्पतालहरुको क्षमता बृद्धि गर्ने, स्तरोन्नती गर्ने, प्रबिधिमैत्री बनाउने, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र गुणस्तरीय उपचारको पहुँच गाउँगाउँसम्म पुर्याउने लक्ष्यका साथ उपकरण हस्तान्तरण अभियानकै क्रममा गालबजार अस्पताललाई पनि पकरणहरु हस्तान्तरण गरएको बताउनुभयो ।

 

उहाँले अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्ला अस्पतालदेखि स्थानीय तहबाट सञ्चालित अस्पतालसम्मको गुणस्तर बृद्धि गर्नका लागि पदेश स्वास्थ्य मन्त्रालय निरन्तर लगिरहेको बताउनुभयो ।

 

कार्यक्रममा गोलन्जार गाउँपालिकाका अध्यक्ष बरालले अस्पतालका लागि प्राप्त उपकरणबाट गुणस्तरीय सेवा प्रवाहका लागि सहज भएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  वीलभयू फाउन्डेसनद्वारा ललितपुरममा ८४५ औँ ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न ३२० जना सहभागीतामा, १९० जनाले गरे रक्तदान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित