भक्तपुर, १ मंसिर । नेकपा एमालेबाट भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा १ सूर्यविनायकबाट प्रदेशसभा सदस्यको उम्मेदवार किरण थापा, भक्तपुरका बासिन्दाका लागि नौलो नाम भने होइन । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थायी घर भएका थापा सामाजिक क्षेत्रमा मात्रै होइन राजनीतिक बृत्तमा पनि अहिले चर्चामा आएको नाम हो ४५ वर्षीय किरण थापा ।
नेपाल रेडक्रस सोसाईटी सिपाडोल शाखाको सभापति, भक्तपुर शाखामा २ कार्यकाल उपसभापतिको जिम्मेवारी सम्हालेर सामाजिक सेवामा होमिएका थापा डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिको एक कार्यकाल सचिव, एक कार्यकाल उपाध्यक्ष, एक कार्यकाल बरिष्ठ उपाध्यक्ष र कार्यबाहक अध्यक्षसमेत भएर यहाँको बिकासमा निरन्तर सेवा गर्ने व्यक्ति हुन् ।
खेलकुदको क्षेत्रमा नेपाल तेक्वाण्डो संघका वाग्मति प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष भएर बिभिन्न पक्षको सेवामा समर्पित थापालाई सामाजिक सेवाको क्षेत्रसँगै राजनीतिक व्यक्तित्वको रुपमा समेत चिनिदै आएका छन् ।

सामाजिक व्यक्तित्वको रुपमा मात्रै चिनिदै आएका थापा राजनीतिक यात्रा भने २०४८ सालबाटै सुरु भएको हो । २०५३ सालमा पार्टीको सिपाडोल गाउँ कमिटी अध्यक्ष भएका थापा तत्कालिक जिल्ला बिकास समितिको सदस्य हुँदा राजनीतिक रुपमा थप चिनिदै आएको व्यक्तित्व हुन् ।
भक्तपुरकै दुर्गम मानिने तर भक्तपुरको अरनिको राजमार्गबाट चार किलो मिटर मात्रै पर रहेको सिपाडोल, डोलेश्वर, आशापुरीका बासिन्दालाई गाडी चढेर बजार आउन, गाउँका सामान बिक्री गर्न बजार आउँन, कक्षा ८ पछि एसएलसी दिन पनि भक्तपुरको बजारमा आएर कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता र औषधिको नाममा सिटामोल पनि नपाउने त्यस क्षेत्रको मुहार फेर्ने काममा आजभन्दा १६ वर्ष अगाडि उनले पुर्याएको योगदान र आजसम्मको प्रयासले यहीँ दुर्गम क्षेत्र अहिले सुमग मात्रै बनेको छैन, यहाँका जनताले हरेक क्षेत्रमा प्रगति पथमा लम्कन सकेका छन् ।
सिपाडोलको मुहार फर्ने किरण थापा :
सामाजिक व्यक्तित्वको रुपमा मात्रै चिनिदै आएका थापा राजनीतिक यात्रा भने २०४८ सालबाटै सुरु भएको हो । २०५३ सालमा पार्टीको सिपाडोल गाउँ कमिटी अध्यक्ष भएका थापा तत्कालिन जिल्ला बिकास समितिको सदस्य हुँदा राजनीतिक रुपमा थप चिनिदै आएको व्यक्तित्व हुन् । राजनीतिक यात्राकै क्रममा आजसम्म आइपुग्दा उनी एमाले जिल्ला कमिटी सदस्य रहेका छन् । तत्कालिन जिबिस सदस्य भएर बिकासका गतिबिधिमा लाग्दै भक्तपुरकै दुर्गम मानिने तर भक्तपुरको अरनिको राजमार्गबाट चार किलो मिटर मात्रै पर रहेको सिपाडोल, डोलेश्वर, आशापुरीका बासिन्दालाई गाडी चढेर बजार आउन, गाउँका सामान बिक्री गर्न बजार आउँन, कक्षा ८ पछि एसएलसी दिन पनि भक्तपुरको बजारमा आएर कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता र औषधिको नाममा सिटामोल पनि नपाउने त्यस क्षेत्रको मुहार फेर्ने काममा आजभन्दा १६ वर्ष अगाडिदेखि आजसम्म पुर्याएको योगदान र प्रयासले यो क्षेत्र अहिले सुमग मात्रै बनेको छैन, यहाँका जनताले हरेक क्षेत्रमा प्रगति पथमा लम्कन सकेका छन् ।
तत्कालिन जिल्ला बिकास समितिको सदस्य हुदाँ उहाँले सूर्यविनायकको बिकासमा आफ्नो पाइला चाल्नु भयो । जिल्ला बिकास समितिको बजेटबाट पहिलो पटक उहाँले सूर्यविनायकबाट सिपाडोल, डोलेश्वर, पाटी भञ्याङ् हुदै आशापुरी जाने सडक निर्माण गराउनु भयो । उहाँकै पहलमा जिससको बजेटले आशापुरीसम्मको सडक खोल्दा पहिलो पटक त्यस क्षेत्रमा गाडी पुग्दा स्थानीयले फूलमालाले भव्य स्वागत गरेको अझै पनि सम्झन्छन्, स्थानीय बासिन्दा ।

अहिले त्यहीँ सडक सूर्यविनायकदेखि कालोपत्र भएर सरर सवारी साधन गुड्ने भएका छन् । तत्कालिन उद्योग मन्त्री, निवर्तमान् सांसद एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभामा एमालेका तर्फबाट उम्मेदवार भएका महेश बस्नेत र प्रदेश सभाका उम्मेदवार उनी किरण थापाको अथक प्रयास र बजेट विनियोजाका कारण अहिले जगाती र सूर्यविनायबाट दुई वटा सडक डोलेश्वर, पाटी भञ्याङ हुदैँ आशापुरी पुग्ने सडक कालो पत्र भएको छ । त्यस्तै अरनिको राजमार्गबाट नंखेल, काक्राबारी हुँदै आशापुरी पुग्ने सडक निर्माण भएको छ । बस्नेत र थापाको नेतृत्वमा सिपाडोल मालीगाउँ हुदै काक्राबारी जाने सडक र पलासेँ सिपाडोल सडक निर्माण भएको छन् ।
चौतर्फी सडक बिस्तारसँगै यहाँका जनताले सजिलै औषधि, उपचार र अस्पताल पाउन सकेका छन् भने, सिपाडोलमै कक्षा १२ सम्म अध्ययन गर्न सकिने गरि उनै किरण थापाले अत्याधुनिक विद्यालय भवन निर्माण गरि अध्ययनको व्यबस्था गरेका छन् । गाडी यहाँका बासिन्दाका लागि अहिले नौलो रहेन । एउटा व्यक्तिले मनैदेखि चोहमा राम्रो काम, बिकासको काम गर्दा त्यसले पूर्णता पाउँछ भन्ने उदाहरण बनेका छन् उनै किरण थापा ।
भूकम्पदेखि हनुमन्तेको बाढीसम्म थापा :
२०७२ सालको महाभूकम्पमा जनताहरु पीडित भइरहदाँ उनी जनताको पीडामा मल्हम बनेर पुगे । नेपाल रेडक्रस सोसाईटीमा तत्कालिन उपसभापति हुँदा आफ्नो गाउँ र छिमेकी गाउँमा समेत भूकम्प पीडितलाई राहत बितरण, त्रिपाल, भाँडा कुडा बितरण, खाद्यान्न वितरण, घाइतेको निःशुल्क उपचार, अस्थायी बास एवं टहराको व्यबस्थापनदेखि भूकम्प पीडितलाई सरकारले उपलक्ध गराउने रकम प्राप्तका लागि समेत उनी अहोरात्र खटिएको सम्झन्छन, यहाँका बासिन्दा ।
त्यतिमात्रै हैन हनुमन्ते खोलामा २०७५ असार २७ गते भिषण बाढी आएर मध्यपुरथिमि र राधेराधे क्षेत्र पूर्ण रुपमा डुबानमा परेर करोडौको क्षति हुँदा उद्धारका सामग्री लिएर स्थानीयको उद्धार गर्न, राहत विरतण गर्न र स्थानीयको समस्या समाधानमा उनी त्यसै गरि खटिए । त्यसो त हनुमन्ते सरसफाई अभियानमा पनि उनको योगदान कम छैन ।
किरण थापा जसले सिपाडोलको मुहार फेरे :
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिका वडा नं. ८ को वडाध्यक्षमा अत्याधिक मतले विजयी भएका किरण थापाले आफ्नो गाउँको मुहार फेर्न सफल भएका छन् । उनले आफ्नो गाउँलाई मात्रै होइन, समग्र सूर्यविनायक क्षेत्रको बिकासमा ठूलो टेवा पुर्याएका छन् । पाँच वर्ष वडाध्यक्ष भएर जनताको सेवा गरिरहदाँ पूर्व सांसद महेश बस्नेतको समन्वय र बजेट व्यबस्थापन, नगरपालिकाको बजेट व्यबस्थापनमा यहाँको बिकासलाई उचाईमा पुर्याउन सफल भए ।
सबैले देखेकै कुरा हो, त्यसअघिको सिपाडोल र त्यसपछिको सिपाडोलको बिकासले कसरी मूर्त रुप लियो, यहाँको स्वरुप कसरी फेरियो भनेर । वडाध्यक्ष भएपछि मात्रै उनले सिपाडोलमा १५ किलोमिटर भन्दा बढी सडक कालोपत्र गराउन सफल भए । यस क्षेत्रमा ५० किलामिटर सडक सिमांकन, बिस्तार गर्न र सडकको नयाँ ट्रयाक खोल्न सफल भए ।
१ हजार ७८२ घरलाई खानेपानी पुर्याउन सफल भए । ६ दशमलव ५ किलोमिटर सडकमा ढलको व्यबस्था गर्न सफल भए । सधै डुबानमा रहने जगाती सडकको डुबानको अन्त्य गरे । सूर्यविनायक जगाती सडकको चौडा फराकिलो पार्ने कार्य वडाध्यक्ष भएर आए लगत्तै सुरु गरे । सूर्यविनायक गणेश मनिदर सडक फराकिलो बनाए । यहाँका ४ वटा विद्यालयहरुको भवन निर्माण, भौतिक तथा शैक्षिक गुणस्तर बृद्ध गर्न गराउन सफल भए ।

सिपाडोलस्थित शान्ति निकेतन विद्यालय भवनलाई अत्याधुनिक तीन वटा नयाँ भवन बनाएर गुणस्तरीय शिक्षा प्रदन गर्न सफल भए । पुरानो विद्यालय भवनको मर्मत गरी वडा कार्यालय सञ्चालन गरे । डोलेश्वर खानेपानी ट्यांकी निर्माण, घ्याम्पेडाँडाबाट रानीकोट, पाटी भञ्याङ हुदै आशापरी जाने सडक निर्माण, पाटी भञ्याङबाट बोकाचो गढी जाने सडक निर्माण, ऐतिहासिक बोकाचो गढीमा भ्यू टावर निर्माण, त्यही ठाउँमा बिन्दबासिनी मन्दिर निर्माण, सूर्यविनायक डोलेश्वर आशापुरी सडक निर्माण, सिपाडोल खानेपानी आयोजनाको ट्यांकी निर्माण, सूर्यविनायक गणेश मन्दिर नजिक फूटसल निर्माण, सिपाडोलमा तीन वटा ट्रष्ट पुल निर्माण जगातीबाट सिपाडोल जाने पुरानो सडकको स्तरोन्तती एवं कालोपत्र गर्ने कार्यको सुरुवात यिनै किरण थापाले गराएका हुन् ।
त्यति मात्रै होइन किरण थापा वडाध्यक्ष भएपछि जगाती प्रहरी बृत्त हुदै सिपाडोल जाने चख्खु खोलामा दुई वटा पुल निर्माण, सिपाडोल परोपकार सामुदायिक भवन, किरियापुत्री भवन, सात करोडको लागतमा सिपाडोलको गणेश माध्यमिक विद्यालयको २१ कोठे सुविधा सम्पन्न अत्याधुनिक विद्यालय भवन निर्माण, सूर्यविनायक नगर अस्पतालको निर्माण एवं सञ्चालन, चौतारा एवं सिढीँ निर्माण, दार्जलिङ हाइटमा सडक निर्माण जस्ता बिकासका काम प्रत्यक्ष रुपमा जनताले देख्ने गरि काम गरेका छन् ।

सिमांकन, ७४ वटा सडक मर्मत तथा स्तरोन्नती, २७ ठाउँमा ढल निर्माण, ३० वटा खानेपानी आयोजना तथा मर्मत सम्भार, १९ वटा मठ, मन्दिर, शिवालय, पाटी मर्मत सम्हार, १९ वटा सिंचाई कूलो निर्माण, वडा कार्यालयसहित ९ वटा सरकारी तथा सामुदायिक भवन निर्माण, २२० वटा सडक बत्ति जडान गरि उज्यालो सिपाडोल अभियानको सुरुवात, ३ हजार ४८२ घरधुरीमा पानी वितरण, महिला, दलित, जनजातीलगायत समुदायलाई ४४ वटा समावेशी कार्यक्रम सञ्चालन र ६७ वटा विविध कार्यक्रमहरु सञ्चालन गरेर उदाहरणीय काम गरेका छन् ।
मन्दिर निर्माण र पर्यटनको बिकासमा थापाको प्रयास :
किरण थापा जसले डोलेश्वर महादेव मन्दिरलाई विश्वमा चिनाउन सफल भए । थापाकै पहलमा डोलेश्वर महादेव मन्दिर आफैमा केदारनाथको शीर भएको पुष्टी गर्ने आधारहरु भेटेर अन्वेषण पछि महायज्ञ लगाएर भारतको केदारनाथबाट आएका पिठाधिस् गुरुबाट डोलेश्वर महादेव मन्दिर केदारनाथको शीर भाग भएको घोषणा गरियो । २०७२ को भूकम्पले भत्किएको डोलेश्वर महादेव मन्दिरलाई परम्परागत रुपमा पुर्ननिर्माण गर्न सहयोग र सहकार्य आफैबाट सुरु गर्दै महायज्ञ, दाता, नगरपालिका, महेश बस्नेतको संसद बिकास कोषलगायतका क्षेत्रबाट बजेटको व्यबस्थापन गर्दै डोलेश्वरको पुर्ननिर्माण गर्न सफल भए ।

डोलेश्वर महादेव मन्दिर संरक्षण तथा बिकास समितिका बरिष्ठ उपाध्यक्ष रहेर समेत धार्मिक पर्यटनको बिकासमा लाग्नु भएको उहाँले मन्दिरको पुर्ननिर्मण, विकास र धार्मिक पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न निकै खटिए र अहिले त्यहीँ मन्दिरले सार्थकता पाएको छ । डोलेश्वर, आशापुरी, बोकाचो गढीमा मन्दिर निर्माण भ्यू टावर निर्माणका कारण यहाँको इतिहास बदलिएको छ भने धेरै विकासले फड्को मारेको छ ।
किरण थापा जसले शिक्षाको क्षेत्रमा यस्ता काम गरे :
सिपाडोलको शान्ति निकेतन माविको अत्याधुनिक भवन निर्माण गरेर गुणस्तरीय पठन पाठनको व्यबस्था गर्न सफल भए । सिपाडोलकै गणेश माध्यमिक बिद्यालयको अत्याधुनिक नयाँ निर्माण कार्य जारी रहेको छ । पाटी भञ्याङको सन्तकृष्ण आधारभूत विद्यालयको स्तरोन्नती गर्न सफल भएका छन् । काक्राबारीको सरस्वती स्कूलमा प्राबिधिक विषयमा अध्यया अध्यापन सुरु गराउन सफल भएका छन् ।
सूर्यविनायक मै पहिलो प्राबिधिक धारतर्फको शिक्षा सुरु गर्दै काक्राबारीस्थित सरस्वती स्कूलमा कृषिको प्राबिधिक विषयको पढाई सुरु गराएका छन् । प्राबिधिक शिक्षाको बिस्तारसँगै उन्नत जातको बिउँ बिजनको व्यबस्था गराउन सफल भएका छन् । नगरपालिकाको शिक्षाको गुणस्तर बृद्धि र स्तरोन्नतमिा टेवा पुर्याउनुको साथै नगपालिकाको स्थानीय पाठ्यक्रम निर्माणको संयोजक भएर पाठ्यक्रम निर्माण गर्न सफल भए ।

स्वास्थ्य क्षेत्रमा योगदान :
जब कोरोना महामारीले देश आक्रान्त भयो । संक्रमणबाट जोगिन सबै नागरिक घरभित्र बस्न बाध्य भए तर किरण त्यस्ता व्यक्ति हुन् जसले कोरोना महामारीमा पनि अहोरात्र खटिएर आफ्ना नागरिकको स्वास्थ्य रक्षाका लागि लागिरहे ।
कोरोना महामारीमा उनी कहिल्य घर बसेनन् । सूर्यविनायक नगरपालिकाबाट पहिलो पटक टोल टोलमा पिसिआर परीक्षणको व्यबस्था गराए । टोल टोलमा गएर स्वाब संकलन गर्दै निःशुल्क रुपमा पिसिआर परीक्षणको व्यबस्था गर्नुका साथै आफ्ना नागरिकलाई पहिलो लटमै कोरोनाको भयाक्सिन लगाउन सफल भए ।
जनताका लागि मास्क, स्यानेटाइजरको व्यबस्था गरे पनि आफ्ना संक्रमण भएर घरमै थलिएका आफ्ना नागरिकलाई अक्सिनज अभावमा बाहिरी जिल्लामा अक्सिजन उत्पादन गर्ने ठाउँमै पुगेर लायन बसेर अक्सिजन ल्याएर बिरामीको घरमै अक्सिजन पुर्याउने, औषधि घरमै पुर्याउने, परामर्शको व्यबस्था गर्ने काम गरे

महामारी र संक्रमणको जोखिममा पनि निकै सिकिस्त संक्रमित बिरामीलाई अस्पताल पुर्याउने अन्य व्यबस्था नहुँदा आफ्नै गाडीमा राखेर जोखिम मोलेर मास्क, स्यानेटाइजर, पिपिइ लगाएर अस्पताल पुर्याउने, अस्पतालको बिरामीलाई बेडको व्यबस्था गर्ने काममा लागिरहे । सूर्यविनायक नगरपालिकाको सामाजिक बिकास समितिको संयोजक समेत भएको अबस्थामा उनले सिपाडोलमा मात्रै नभई सिंगो सूर्यविनायकमा टोलटोलमा पुगेर निःशुल्क कोरोना परीक्षणको व्यबस्था मिलाए । कोरोनाको जोखिम मोलेर जनताको सेवा गर्दा आफै ३ पटक कोरोनाबाट संक्रमित हुँदा पनि उनले बिश्राम नदिई जनताको सेवामा खटिरहे ।
कोरोना महामारीमा बिदेशबाट फर्किएका गरिब नेपालीका लागि राख्ने आश्रयस्थलको रुपमा जगाती भाते ढिकुरमा १०० बेडको क्वारेन्टाइनसमेत सञ्चालन गरेर किरण थापाले सातदिनसम्म त्यहाँ बस्नेतलाई निःशुल्क खाना र बस्नको व्यस्था गरे । कोरोनाको महामारीमा घर फर्किनेहरुका लागि अरनिको राजमार्गको जगातीमा निःशुल्क खानाको व्यबस्थापन गर्दै पैदल यात्री, मजदुर विपन्न वर्गका नेपाली नागरिकलाई निःशुल्क खाना, पानीको व्यबस्था एक महिना गराए भने सडकमा अलपत्र परेका हजारौ नेपाली नागरिकलाई आफ्नै पैसाले गाडी रिजर्भ गराएर जिल्ला जिल्ला फर्काउने व्यबस्था समेत गरे ।
सूर्यविनायक नगर अस्पतालको स्थापना :
कोरोना महामारीमा अस्पतालमा बेड नपाउने, अक्सिजनको हाहाकार हुने जटिल समस्या आए पनि सूर्यविनायक नगरपालिकाले अब आफ्नै अस्पताल सञ्चालनमा ल्याउनु पर्छ भनेर किरण थापाले सबभन्दा पहिला जगाती इँटा तथा टायल कारखानाको जग्गामा अलपत्र सामानहरु खटाएर अस्पतालको भवन निर्माणको सुरुवात गराए । तत्कालिन सांसद महेश बस्नेतको सांसद बिकास कोष, सूर्यवनायक नगरपालिकाको बजेट र उनको आफ्नै समेत लाखौ रुपैयाको व्यक्तिगत लगानीले अस्पताल निर्माणले स्वरुप लियो ।

हरेक दिन बिहानदेखि बेलुकैसम्म मजदुर ल्याउने खटाउने, आवश्यक सामग्रीको व्यबस्थापन गर्नेदेखि अस्पताल निर्माण समिति गठन गराएर काम लगाउने र आवश्यक रकमको जोहो गर्दै किरण थापाको अथक प्रयास र मिहेनतका कारण आज अस्पताल भवन, अत्याधुनिक मेशनि जडान गरि अस्पताल सञ्चालनमा आएको छ भने यसले सूर्यविनायक नगपालिकाका बासिन्दालाई मात्रै नभई समग्र पूर्वका विरामीको लागि समेत उपचारमा राहत पुगेको छ ।
खेलकुदको बिकास :
सूर्यविनायक मन्दिर नजिकै फुटसल बनाएर युवाहरुका लागि खेलुकदको व्यबस्था गरेका थापाले खेल र खेलाडीको बिकासमा धेरै कामहरु गरेका छन् । अहिले पनि नंखेलमा निजी क्षेत्रबाट भएको जग्गा बिकासमा छरिएर रहेको सार्वजनिक जग्गालाई एकीकृत गरि ६५ रोपनी क्षेत्रफलमा जिल्लामै पहिलो रंगशाला नर्माण गर्ने तयारी सुरु भएको छ । दुई वर्षभित्र रंगशाला निर्माणलाई मूर्त रुप दिने उनको योजना छ ।
सेवा सुबिधा नलिने घोषणा :
२०६२ सालमा जिल्ला बिकास समितिको सदस्य हुँदा तलब, भत्ता, मोवाईल र पेट्रोल सुविधा सम्म नलिएर उदाहरणीय व्यक्तित्व बनेका थापाले ०७४ को निर्माचनमा वडाध्यक्ष भएर प्राप्त गरेको तलब, भत्ता र सेवा सुबिधा समेत कुनै उपभोग गरेनन् । उनले नगरपालिकाले उपलब्ध गराएको सवारी साधन, पेट्रोल पाँच वर्षसम्म लिएनन् भने पाँच वर्षको तलब, भत्ता वापतको रु. १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गराएर त्यसमा अहिले रु. ३७ लाख पुर्याउन सफल भए । सिपाडोलकै गणेश माविमास स्थापना गरेको अक्षयकोषबाट उनले गरिब, असाह्रय विद्यार्थीको निःशुल्क पठन पाठन र शैक्षिक सामग्रीमा खर्च गर्ने व्यबस्था गराएका छन् । अब हुने प्रदेश सभा निर्वाचनमा पनि निर्वाचित भए पछि उनले कुनै तलब, भत्ता र सेवा सुधिना नलिने घोषणा गरेका छन् ।
व्यवसायिक व्यक्तित्व :
सामाजिक राजनीतिकसँगै उनी व्यबसायीक व्यक्तित्व पनि हुन् । उनले सञ्चालन गरेको विभिन्न व्यवसायमा प्रतक्ष्य, अप्रतक्ष्य रुपमा ५०० जनालाई रोजगारी दिएका छन् भने निर्वाचित भए पछि युवा रोजगारी, महिला रोजगारीका लागि बिभिन्न कार्यक्रमहरु ल्याउने र आधुनिक कृषिको बिकास एवं बिस्तारबाट युवालाई कृषिमा लगाएर स्वरोजगारको व्यबस्था गर्ने लक्ष्य उनको छ ।

भावी योजना :
प्रदेश सभामा निर्वाचित भएपछि किरण थापाले महत्वकांक्षी योजनाहरु अगाडि सारेका छन् । पार्टीको घोषणा पत्रको साथै उनले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, खेलकुदको बिकास, रंगशाला निर्माण, युवा रोजगारी, महिला शसक्तिकरण, उज्यालो सूर्यविनायक, धार्मिक पर्यटनको बिकास, प्रत्येक सडकमा कालोपत्र, घरघरमा खानेपानी, सूर्यविनायक नगर अस्पताललाई १०० शैयाको अत्याधुनिक सुविधा सम्पन्न बिशेषज्ञ अस्पतालको रुपमा बिकास गर्ने लक्ष्य राखेका छन् । विगतका अधूरा योजना पुरा गर्ने, समृद्ध, सुखी, उज्यालो, हरियाली, सफा सूर्यविनायक बनाउने योजना साकार पार्ने अठोट थापाले लिएका छन् ।



