आइतवार, चैत्र ९, २०८१ | Sun March 23, 2025


स्वास्थ्यको सहज पहुँचाट टाढा रहेका नागरिकलाई गाउँ मै गएर स्वास्थ्य परीक्षण एवं उपचार स्वास्थ्यको पहुँच पुर्याउन सुरु गरेका छौँ : स्वास्थ्य मन्त्री थापा

स्वास्थ्यको सहज पहुँचाट टाढा रहेका नागरिकलाई गाउँ मै गएर स्वास्थ्य परीक्षण एवं उपचार स्वास्थ्यको पहुँच पुर्याउन सुरु गरेका छौँ : स्वास्थ्य मन्त्री थापा



मकवानपुर, ८ फागुन । वागमति प्रदेश सरकारले दुर्गम तथा दुर दराजमा रहेको नागरिकलाई स्वास्थ्यको पहुँच पुर्याउने लक्ष्यका साथ सुरु गरेको निःशुल्क स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यलाई वागमति स्वास्थ्य मन्त्रालयले निरन्तरता दिएको छ ।

यसैक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री माननिय किरण थापाले बिहिबार जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना, मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र राक्सिराङ गाउँपालिकाको समन्वयमा बृहत स्वास्थ्य शिविर, एकिकृत जनस्वास्थ्य तथा पोषण प्रबद्वन अभियान–२०८१ सम्पन्न गरेको छ ।

अल्पसंख्यक जातीको सूचीँमा सूचिकृत चेपाङ जातीको बाहुल्य रहेको मनवानपुर जिल्लाको दुर्गम मध्यको राक्सिराङ गाँउपालिका वडा नं. ६ मा भएको शिविरमा सयौं नागरिकले सेवा लिएका छन् ।

कार्यक्रमको उद्घाटनमा मन्त्री थापाले स्वास्थ्यको सहज पहुँचाट टाढा रहेका नागरिकलाई गाउँ मै गएर स्वास्थ्य परीक्षण एवं उपचार स्वास्थ्यको पहुँच पुर्याउन सुरु गरेको यो अभियान नरोकिने बताउनु भयो ।

उहाँले वागमति प्रदेशका १३ वटै जिल्लाका जिल्ला अस्पतालको अनुगमन निरिक्षण गर्ने, उपकरणको व्यबस्थापन गर्ने, जनशक्ति उपलब्ध गराउनेलगायतका कार्य गरिरहेको बताउनुभयो ।

औषधि उपचार नपाएर कोही पनि नागरिकले ज्यान गुमाउन नपरोस भनेर आफूमन्त्री भएदेखि यो अभियानमा लागिरहेको बताउदै गाउँ गाउँमा स्वास्थ् शिविर गरेर रोगको पहिचान गर्दै औषधि वितरणदेखि थप उपचारको व्यबस्था समेत गरेको बताउनुभयो । पुर्वमन्त्री दावा दोर्जे लामा समेतको उपस्थिति रहेको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, मन्त्रालयका कर्मचारी, प्राबिधिक जनशक्ति लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित