मङ्लबार, जेष्ठ २६, २०८३ | Tue June 09, 2026


रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने



काठमाडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

२५ फागुनको राष्ट्रपति चुनावमा १० दलको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई साथ दिएको रास्वपाले अब प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेञ्चमा बस्ने निर्णय गरेको जनाइएको हो ।

प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  ‘सम्यक दान पर्व’ मा आज भव्य रुपमा भक्तपुरका बौद्ध धर्मालम्बीहरुले मनाए, ख्वपया सम्यक महादन पुस्तक सार्वजनिक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित