शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


स्वास्थ्य मन्त्री किरण थापाद्धारा प्रदेशका १३ अस्पताल प्रमुखहरुसंग छलफल, सजह सेवा प्रवाह गर्न निर्देशन

स्वास्थ्य मन्त्री किरण थापाद्धारा प्रदेशका १३ अस्पताल प्रमुखहरुसंग छलफल, सजह सेवा प्रवाह गर्न निर्देशन



हेटौडा, ६ कात्तिक । वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आज वागमति प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका प्रदेश अन्तर्गतका अस्पतालहरुको मेडिकल सुपरिटेण्डेन्ट एवं निर्देशकहरु, मन्त्रालयका उच्चस्तरिय कर्मचारीहरुसंग प्रदेश स्तरीय अस्पतालको अबस्था, अबसर, चुनौती र समस्याहरुका बिषयमा सयुक्त रुपमा छलफल गर्नु भएको छ ।

आज उहाँले वागमति प्रदेश अन्तर्गतका १३ जिल्लाका अस्पतालहरुको अबस्था कस्तो छभन्नेबारेमा जानकारी दिन छलफल गर्नु भएको हो । उहाँलाई १३ वटै अस्पतालका मेसुहरुले अस्पतालको वर्तमान अबस्था, सुधारका पक्षहरु, समस्या र समाधानका पायहरुकाबारेमा जानकारी गराउनु भएको थियो ।

मन्त्री थापाले आफ्नो कार्यकालमा १३ वटै जिल्लाका अस्पतालहरुको स्तरोन्नतीदेखि जनशक्ति परिचालनसम्म, सेवा विस्तारदेखि जनताको सहज स्वास्थ्य उपचारको पहुँच पुर्याउन प्रदेश सरकारले आवश्यक सहयोग पुर्याउने बताउनुभयो ।

उहाँले १३ वटै जिल्लाका जनताले सहज र गुणस्तरीय सेवा पाउने गरि अस्पतालको सेवा विस्तारलाई अगाडि बढाउने बताउदै मन्त्रालयको नीति, निर्देशन र लक्ष्य विपरित नजान निर्देशनसमेत दिनुभयो । अस्पतालमा जनगुनासो नआउने गरि सेवा प्रवाह गर्न समेत उहाँले अस्पताल प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

स्वास्थ्य अबस्था प्रतिकुल रहदाँ पनि औषधि सेवन गरेर दिनभर अस्पतालका मेसुहरुसंग अस्पतालका अबस्थाकाबारेमा मन्त्री थापाले जानकारी लिनु भएको थियो ।

कार्यक्रममा मन्त्रालयकासचिब बद्रीबहादुर खडका, मदन भण्डारी प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवाली, निर्देशनालयका प्रमुख डा. नरेन्द्र झा, प्रदेशका निर्देशक डा. खगेश्वर गेलाल , नीति तथा आयोगको सदस्य डा. दीपेन्द्र श्रेष्ठ , मन्त्री थापाको बिज्ञ सल्लाहकार डा. दिपकबिक्रम थापा लगायत मेडिकल डारेक्टरहरुसंग अन्तरक्रिया गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित