आइतवार, जेष्ठ १७, २०८३ | Sun May 31, 2026


भक्तपुर जिल्लास्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३ उत्कृष्टलाई पुरस्कार वितरण

भक्तपुर जिल्लास्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३ उत्कृष्टलाई पुरस्कार वितरण



भक्तपुर, १७ जेठ : सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका खेलाडीहरूका लागि आयोजित भक्तपुर जिल्लास्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३” को उपाधी निकेन कुसथाले हात पार्नु भएको छ ।
आज सम्पन्न दुईदिने प्रतियोगितामा प्रथम हुदै कुसाथाले नगद पुरस्कार रु. १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको कार्यक्रमका सभापति सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा गणेशमान दुवाल द्वितिय, पुरुषोत्तम दुवाल तृतीय हुदै नगद रु. क्रमश १० हजार र पाँच हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको उहाँले जानकारी दिनुभयोे ।
प्रतियोगितमा चौथो हुने सुमन सुवाल र पाँचौ हुने गणेश अवालले जनही तीन हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभयो भने विभिन्न उमेर समूह तथा विशेष विधातर्फ पनि उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको सदस्य सचिव थापाले जानकारी दिनुभयो ।
विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले पुरस्कार प्रदान गर्नुभयो ।
बेस्ट महिलातर्फ श्रेसा दुवाल प्रथम र मानस्विनी शर्मा द्वितिय हुनुभयो भने भने यू–१६ बालिकातर्फ राजश्री कोजु उत्कृष्ट घोषित हुनुभयो । प्रथम र दोश्रो हुने खेलाडीलाई रु तीन हजार र १५ सय नगद पुरस्कार एवं प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताबाट खुल्ला एवं महिला दुवै विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरूले आगामी बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने उहाँले बताउनुभयो ।
प्रतियोगिताको मुख्य निर्णायक निरञ्जन प्रजापति रहेका थिए भने खुल्ला तथा महिला दुवै विधाबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका ३÷३ जना खेलाडीहरू बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि छनोट भएको घोषणा समेत गर्नुभएको थियो । प्रतियोगिताले भक्तपुर जिल्लामा चेस खेलको विकास, खेलाडीहरूको पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टर बनाउछु : मन्त्री किरण थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित