सोमवार, जेष्ठ ११, २०८३ | Mon May 25, 2026


बेलायतका विद्यालयमा फेस मास्क अनिवार्य

बेलायतका विद्यालयमा फेस मास्क अनिवार्य



काठमाडौं, १८ पुष ।
बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेपछि सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको हो । संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न चौतर्फी दबाब बढिरहेका बेला फेस मास्क अनिवार्य गरिएको हो । यसैबीच, कर्मचारीका ६ ओटा युनियनले भाइरस नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन् । फेस मास्ककै भरमा संक्रमण नरोकिने भन्दै थप उपाय अप्नाउन उनीहरुले सरकारलाई चेतावनी समेत दिएका छन् । क्रिसमस र नयाँ वर्षको बिदापछि आगामी सातादेखि बेलायतमा विद्यालय पुनः खोल्दैछन् । यरोपेली देशमा विद्यार्थीलाई फेस मास्क अनिवार्य गर्ने बेलायत अन्तिम देश हो । नयाँ निर्देशिकाअनुसार शिक्षकहरुले फेस मास्क लगाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एमालेका नेता सोमप्रसाद मिश्रद्धारा लिखित पुस्तक शक्तिराष्ट्रहरूका राजनीतिक दलहरू - तुलनात्मक अध्ययन पाठक माझ आउँदै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित