मङ्लबार, साउन २६, २०८३ | Tue August 11, 2026


नेपाल भ्रमणका लागि प्रधानमन्त्री ओलीद्धारा भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रण

नेपाल भ्रमणका लागि प्रधानमन्त्री ओलीद्धारा भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रण



काठमाडौं, २७ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्।

प्रधानमन्त्री ओली र मिस्रीबीच आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो। भेटका अवसरमा दुईपक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए।

भारतीय सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार आइपुगेका हुन्। यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको छ। विदेश सचिव मिस्री भ्रमण सम्पन्न गरी सोमबार फर्किने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  स्वास्थ्य मन्त्री किरण थापाद्धारा सूर्यवनायकका बाढी पहिरो क्षेत्रको स्थलगत अवलोकन 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित