शनिबार, चैत्र १४, २०८२ | Sat March 28, 2026


एमालेका नेता सोमप्रसाद मिश्रद्धारा लिखित पुस्तक शक्तिराष्ट्रहरूका राजनीतिक दलहरू – तुलनात्मक अध्ययन पाठक माझ आउँदै

एमालेका नेता सोमप्रसाद मिश्रद्धारा लिखित पुस्तक शक्तिराष्ट्रहरूका राजनीतिक दलहरू – तुलनात्मक अध्ययन पाठक माझ आउँदै



भक्तपुर, २५ असार। नेकपा एमालेका नेता एवं भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रथम नगर प्रमुख सोमप्रसाद मिश्रद्धारा लिखित पुस्तक शक्तिराष्ट्रहरूका राजनीतिक दलहरू : तुलनात्मक अध्ययन पाठक माझ आउने भएको छ ।

नेकपा एमालेका नेता एवं लामो समयदेखि अन्तर्राष्ट्रिय राजनीतिमा समेत चासो राख्दै अध्ययन गर्दै आउनु भएका अध्येता एवं नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका मिश्रको पुस्तक शक्तिराष्ट्रहरूका राजनीतिक दलहरू – तुलनात्मक अध्ययन आगामी शनिवार असार २८ गते विमोचन गरिने गरि तयारी पुरा भएको लेखक मि।ले जानकारी दिनुभया ।

पुस्तकको विमोचन तथा चर्चा थिमिको मिडभ्याली एसएस कलेजमा हुने भएकाले सबैमा उहाँले आमन्त्रण समेत गर्नु भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोकार्पण गर्ने पुस्तकको वक्ताहरू एवं राजनीतिक विश्लेषकहरु नेपाली काँग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायतले पुस्तकको विश्लेषण गर्नु हुने भएको छ ।

उक्त पुस्तकको प्रकाशन भने सिद्धान्त न्यौपानेले गर्नु भएको हो । पस्तकले विश्वको राजनीीतक परिवेशलाई चित्रण गरेको प्रकाशक न्यौपानेले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छ : स्वास्थ्य मन्त्री पौडेल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित