शनिबार, अशोज १०, २०८३ | Sat September 26, 2026


भक्तपुरको रिसोर्टमा किशोरी बलात्कार

भक्तपुरको रिसोर्टमा किशोरी बलात्कार



भक्तपुर, १२ भदौ । भक्तपुरमा नाबालिगको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी छन् । १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा भण्डारीलाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । उनी काठमाडौंको नरेफाँटमा बस्दै आएका थिए ।

गएको आइतबार दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका–९, पलासेस्थित रिसोर्टमा भण्डारीले ती किशोरीको बलात्कार गरेको आरोप छ । सो उजुरीपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नेवार पत्रकारहरुको केन्द्रीय अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ निर्विरोध

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित