आइतवार, बैशाख ६, २०८३ | Sun April 19, 2026


पास नलिई शनिवार सरकारी सवारी साधन लिएर बाहिर निस्क्नदै हुनुहुन्छ ? होसियार युवा संघकोफन्दामा पर्नुहोला

पास नलिई शनिवार सरकारी सवारी साधन लिएर बाहिर निस्क्नदै हुनुहुन्छ ? होसियार युवा संघकोफन्दामा पर्नुहोला



भक्तपुर, २२ भदौ । राष्ट्रिय यवा संघ नेपाल, भक्तपुर शाखाले सार्वजनिक बिदा शनिवारको दिन बिना पास सरकारी सवारी साधन लिएर सडकमा आउनेलाई कारबाही गर्ने भएको छ ।

शनिबार सार्बजनिक बिदाको दिन बिना पास सरकारी गाडी अर्थात सवारी साधन चलाउन रोक लगाउदै सुशासन कायम गर्न राष्ट्रिय यवा संघ नेपालका युवाहरुले भक्तपुरमा चारवटै नगरपालिकामा परिचालित भई अनुगमन एवं सवारी चेक गर्ने र त्यस्ता सवारी साधन भेटिएर त्यसको साँचो जफत गरि प्रहरीलाई बुझाएर कारबाहीका लागि आग्रह गरिने भएको छ ।

नेपाल प्रहरीसमेतको सहयोगमा युवा संघले भक्तपुरका चोक चोकमा युवाहरु परिचालित गरि बिहान चारवटै नगरपालिकाको चोक चोकमा बसेर सवारी चेक गर्ने युवा संघ भक्तपुर जिल्ला अध्यक्ष रबिन थापाले जानकारी दिनुभयो ।

संघले मध्यपुरथिमिमा जेनस रञ्जितको नेतृत्व, सूर्यविनायकमा शैलेस बुढाथोकीको नेतृत्व, चाँगुनारायण नगपालिकामा सबिन तिमिल्सिनाको नेतृत्वमा र भक्तपुर नगरपालिकामा अनिल लवाङ्गका नेतृत्वमा युवाहरुको टोली परिचालित हुने उहाँले जानकारी दिनभयो । युवासंघले गत साता पनि बिना पास नलिई सञ्चालनमा रहेका सरकारी सवारी साधनको साँचो लिएर प्रहरीलाई बुझाई कारबाहीको लागि आग्रह गरेको थियो ।

गतसाता भक्तपुरको सूर्यविनायक चोक र गठ्ठाघरमा बिना पास चलेका १५ वटा सरकारी गाडी र २० वटा मोटरसाइकल समाति कार्वाहीका लागि ट्रफिक प्रहरीलाई जिम्मा लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  मध्यपुरथिमिका बोडेवासीले गरे महेश बस्नेतको भव्य स्वागत, मतदाता भन्छन् : घर बाहिर बज्ने घण्टी काम छैन, भोट त सूर्यमै हो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित