आइतवार, अशोज ११, २०८३ | Sun September 27, 2026


दुर्घटनामा स्कुटर चालकको ज्यान गयो

दुर्घटनामा स्कुटर चालकको ज्यान गयो



भक्तपुर, ८ साउन : मध्यपुरथिमि नगरपालिका‐१ लोकन्थली मनोहरा पुल नजिक लुम्बिनी २ ख. १९०४ नं. को टिपर ठोक्किएर दुर्घटना हुँदा आज स्कुटर चालकको ज्यान गएको छ ।

प्रदेश ३-०२-००६ प. ९०३५ नं. को स्कुटर टिपरको पछाडि ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक तेह्रथुम साप्ला‐५ घर भई हाल भक्तपुर कौशल्टार साँगबारी बस्ने २१ वर्षीय नबिन पुदुङ (लिम्बु) को मृत्यु भएको जिल्ला प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले दुबै सवारी साधन र टिपर चालक काभ्रे भुम्लु गाँउपालिका‐१० बस्ने २६ वर्षीय पुजन शाहलाई प्रहरी वृत्त ठिमीको नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको उहााले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  गुडिरहेको बसमा आगलागी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित