आइतवार, अशोज ११, २०८३ | Sun September 27, 2026


एमाले नेता महेश बस्नेतद्धारा नवनियुक्त मन्त्रीलाई बधाई ज्ञापन, एमाले भक्तपुरका नेताहरु हेटौडामा

एमाले नेता महेश बस्नेतद्धारा नवनियुक्त मन्त्रीलाई बधाई ज्ञापन, एमाले भक्तपुरका नेताहरु हेटौडामा



काठमाडौं, ९ साउन । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेत नवनयिुक्त मन्त्रीहरुलाई बधाई दनि आज हेटौडा पुग्नु भएको छ ।

आज भएको मन्त्रीपरषिद् वस्तिारमा भक्तपुर क्षेत्र नं. २ (क) बाट प्रदेश सभामा निर्वाचित एवं नवनयिुक्त स्वास्थ्य मन्त्री किरण थापा सहित वागमति प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई बधाई ज्ञापन गर्न आज बिहान हेटौला पुग्नु भएको हो ।

सपथ लगत्तै मन्त्रीहरुलाई उहाँले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पूर्व मन्त्री समेत रहनु भएका बस्नेतले केन्द्रीय सरकार मात्रै नभई अब वागमति प्रदेश सरकारले पनि जनताको पक्षमा काम गर्ने र बिकासका गतिलाई तिब्रता दिने विश्वास व्यक्त गर्नुभयो ।

 

स्वास्थय मन्त्री थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन नेता बस्नेतलगायत नेकपा एमालेका अध्यक्ष बचन देउजा पनि हेटौडा पुगेर एमाले उपाध्यक्ष समेत रहनु भएका मन्त्री थापालाई बधाई  दिदै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यसै गरि जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर थापा, एमालेका जिल्ला नेताहरु र भक्तपुर अस्पतालकी मेडिकल निर्देशक डा.. सुमित्रा गौतम पनि हेटौडा पुग्नु भएको छ ।

नेपाल कम्युनष्टि पार्टी (एमाले)का तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपंक्षी , किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात तथा नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोबिन्दप्रसाद पौडेलले बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एसपीलाई रुं ५० हजार घुस दिन आउने दुई जना परिसरबाटै पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित