शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


त्रिशुली अस्पतालको सिटि स्क्यामन उद्घाटन

त्रिशुली अस्पतालको सिटि स्क्यामन उद्घाटन



नुवाकोट, ११ साउन । वागमति प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री किरण थापाले नुवाकाटेस्थित त्रिशुली अस्पतालको ६० औं वार्षिकोत्सव एवं सिटि स्क्यान मेशिन उद्घाटन गर्नु भएको छ ।

अस्पतालले शुक्रबार आयोजना गेको कार्यक्रममा उहााहरुले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । कार्यक्रममा स्वास्थय मन्त्री किरण थापाले वागमति प्रदेशको १३ वटा प्रदेशस्तरीय अस्पताल र १३ वटै जिल्लाका आयुर्वेदिक अस्पतालको अनुगमन गर्ने बताउनु भयो ।

उहाँले ती अस्पतालहरुको सेवा गुणस्तरीय बनाउने, भौतिक संरचना एवं दरबन्दीको ब्यबस्था गर्ने लगायउतका काममा आफूले मुख्य रुपमा चासो दिएर काम गर्ने बताउनुभयो ।

मन्त्री थापाले ६० वर्ष पुरानो त्रिशुली अस्पतालले नुवाकोटको र आसपासका वासिन्दालाई सेवा दिइरहेको चर्चा गर्दै उहााले १६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले विरामीको बढ्दो चापमा भौतिक संरचनाको अभाव झेलिरहेको पाईएको बताउनुभयो ।

स्पतालसंगै जोडिएको एक हजार रोपनी क्षेत्रफलमा फैलिएको नेपाल विद्युत प्राधिकरणको जग्गामा अस्पताल बिस्तार गर्न अस्पतालले प्रयास गरिरहेको बताउदै उहाँले आफूले प्राधिकरणसंग समन्वय गरेर केही जग्गा अस्पताललाई उपलबध गराउने प्रयास गर्ने बताउनुभयो ।

कतिपय अस्पतालमा व्यबस्थापन समिति, कतिपय अस्पतालमा कर्मचारीको मनोमानी गरेको समेत जानकारी आएको बताउदै उहाँले त्यस्ता गतिबिधि भएका अस्पताल र कर्मचारीका लागि प्रदेश सरकारले कडा नीति अख्तियार गर्ने उहाँले बताउनुभयो ।

उहाँले १० वटा अस्पतालको स्तरोन्नती गर्ने, दुर्गम जिल्लामा स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफू लाग्ने बताउनुभयो । कार्यक्रममा अस्पतालले प्रकाशन गरेको स्मारिका बिमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित