शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं, ९ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत, काठमाडौंले उनीमाथि अनुसन्धानका अझै हिरासतमा राख्न अनुमति दिएको  हो ।

प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित घरबाट ६ असोजमा पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति पाएको थियो । प्रहरीले त्यसबेलै १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर, अदालतले तीन दिनलाई मात्र स्वीकृति दिएको थियो ।

ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले अघिल्लो साता बुधबार अनुमति दिएको थियो ।

प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । प्रहरीका अनुसार, हाल प्रसाईंविरुद्ध अर्को एक जना पीडितले पनि उजुरी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुरमा एमालेको निर्वाचन केन्द्रीत आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक, नेता महेश बस्नेतले भने : अघिल्लो कार्यकालमा भक्तपुरको कायापलट गरे, यसपटक बाँकी काम पुरा गर्ने संकल्प

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित