आइतवार, अशोज २७, २०८१ | Sun October 13, 2024


इन्टरपोलबाट रेड नोटसि जारी भएका तीनफरार व्यक्तिहरू दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटसि जारी भएका तीनफरार व्यक्तिहरू दुबईबाट पक्राउ



काठमाडौं, १० असोज । ठगी सम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटसि जारी भएका ३ जना फरार प्रतविादीहरू दुबईबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतविादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी तथा जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दाका फरार प्रतविादी मकवानपुर ईन्द्रसरोवर गाउँपालकिा-५ घरभई काठमाडौं चन्द्रागिरी नगरपालकिा-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याएको हो ।

पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजम्पिाटबाट अनुरोध भएपश्चात इन्टरपोल महासचविालयबाट २०७९ जेठ १६ गते रेड नोटसि जारी भएको थयो । यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात इन्टरपोल महासचविालयबाट २०७० साउन २४ गते कबरि बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्व नोटिस जारी भएको थियो ।

भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित