आइतवार, अशोज २७, २०८१ | Sun October 13, 2024


सामाजिक सवामै सक्रिय मन्त्री थापाको टोली गाउँ पस्दा दैलोमै सरकार पुगेको अनुभूति

सामाजिक सवामै सक्रिय मन्त्री थापाको टोली गाउँ पस्दा दैलोमै सरकार पुगेको अनुभूति



भक्तपुर, १४ असोज । कुनै संकेतनै नदिई आउँने विपदमा प्राय पीडितहरु पीडामा हुन्छन्, केही छिमेकीले सहयोग गरेपनि धेरै रमिते हुन्छन् । पछिल्लो समय त विपदमा सहयोग गर्ने भन्दा भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने हुन्छन् । विपद आएर गाउँमा एकै परिवारको एकै चिहान हुँदा, पहिरोले बाटो रोकिएर शवदेखि घाइतेसम्म अस्पताल पुर्याउन नसक्दा वागमति प्रदेशका स्वास्थ्य मन्त्री आफै नेतृत्व गरेर जनप्रतिनिधिसहितको टोली लिएर गाउँ पुग्दा पीडित र गाउँका बासिन्दाले साच्चिकै सरकार दैलोमै आएको महसस गरेका छन् ।
शनिवारको अविरल वर्षाले सूर्यविनायक नगरपालिका वडा नं. ८ पाटी भञ्याङ्ग नैचालमा एकै परिवार दुईजनाको ज्यान लिने र एक जना घाइते हुने गरि आएको पहिरोले जिल्लाको सदमुकामबाट सम्बन्ध बिच्छेद भएपछि पीडामा परेका वासिन्दालाई राहत दिन जिल्लाको दुर्गम गाउँमा सहयोगको हात फैलाउदै सरकार आफै उपस्थित भएपछि स्थानीयले पीडा भुलाउदै जीवन सहज बनाउन थालेका छन् ।
पहिरोले डोलेश्वर हुदै पाटीभञ्याङ्ग जाने एक मात्र सडक बन्द गराएपछि मानिसको आउँजाउँ मात्रै रोकिएन मृत्यु भएका ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको शव परीक्षणका लागि अस्पताल पुर्याउन तथा पहिरोमा परेर घाइतेभएका मृतक मसलीका पति ५१ वर्षीय सानुकान्छा तामाङ्गको उपचारका लागि अस्पताल लैजाने बाटो समेत रोकियो ।
पीडामा अन्यौलमा परेका स्थानीयले रातभर गाउँमै शव राखे घाइतेलाई अस्पताल लैजान सकेनन् । तब आइतबार एकाबिहानै हिलाम्मे सडक पार गर्दै जब डोजरसहितको टिम लिएर वागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको टोली लिएर गाउँ छिरे तब गाउँका बासिन्दाले गाउँघर र दैलोमै सरकार आइपुगेको महसुस गरे ।
स्थानीय अजय तामाङ्गले गाउँ पीडामा परेर शव व्यबस्थापन र घाइतेलाई अस्पताल लैजान नसकेको अबस्थामा मन्त्रीले बाटो खुलाउन डोजरदेखि शब लैजान शव बाहन र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स लिएर आएपछि साच्चै गाउँमै सरकार आएको अनभुति भएको बताउनुभयो ।
घाइते सानुकान्छाले अस्पतालको शय्याबाटै भन्नुभयो, “भूकम्पले घर लग्यो, टहरामा बसेको नौ वर्ष भयो, यसवर्ष त त्यही टहरो पनि पहिरोले लग्यो, पहिरोले टहरो मात्रै जहान र पाहुना लाग्न आएकी सालीलाई लग्यो । विपदमा साहरा बनेर किरण थापा भाई आउँदा सरकारनै गाउँमा आए जस्तै भएर चित्त बुझाएको छु ।” मन्त्री थापासंगै वडाध्यक्ष पुष्पराज बस्नेत, अजय तामाङ्ग, वडा सदस्य बिक्रम तामाङ्ग, जिल्ला समन्वय समितिका सदस्य विश्वराम त्वायनावासु, रेडक्रस सोसाईटी सिपाडोल शाखालगायको टिम दिनभर खटिएको थियो ।
दिनभरी पहिरोमा सडक खुलाएपछि मन्त्री थापा आफैले शव बाहन र एम्बुलेन्स बोलाएर मृतकद्धयको शव परीक्षणका लागि भक्तपुर अस्पताल पुर्याए भने एम्बुलेन्समा घाइतेलाई आफैले भक्तपुर अस्पताल पुर्याएर आइसियूमा भर्ना गराए । घाइते तामाङ्गको भक्तपुर अस्पतालमा उपचार भइरहेको अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “हामी नेता पदमा हुदाँ पनि नहुदाँ पनि जनताको दुःखमा साथ दिनै पर्छ, विपदमा जिम्मेवारीबाट पन्छिन मिल्दैन । जनतालाई छोड्न सकिन्न, त्यसैले सडक खुलाउन शव बाहन र एम्बुलेन्स ल्याउन, घाइतेको उपचार गर्न, मृतकको दाहसंस्कार गर्न समेत सहभागि भइयो । आजदेखि बाँकी सडक खुलाउन र विपदमा परेकाको उद्धार एवं राहत वितरणमा खटिने छु ।”
उहाँले सूर्यविनायकमा पहिरोले धेरै क्षति पुर्याएको बताउदै चार ठाउँमा सयौ रुखहरुसहित पहिरो आएर धेरै सडक अबरुद्ध भएको बताउनुभयो । आज डोलेश्वर हुदै पाटी भञ्याङ्ग, आशापुरी, नैचाल, माने भञ्याङ्ग, पाइलट बाबा आश्रम अगाडिको ठूलो पहिरो र घ्याम्पे डाँडा, रानीकोट जाने सडकको ठूलो पहिरोहरु पन्छाउने कार्य जारी रहेको मन्त्री थापाले बताउनुभयो ।
अस्पतालको अनुगमन, घाइतेको निःशुल्क उपचार गर्न निर्देशन :
बागमति प्रदेश सरकारका स्वस्थ्य मन्त्री थापाले भक्तपुर अस्पतालमा उपचार भइरहेको घाइतेका अबस्थाबारे जानकारी लिनु भएको छ । भक्तपुर अस्पतालको अनुगमन गर्दै उहाँले घाइतेको अबस्थाकोबारेमा जानकारी लिदै निःशुल्क उपचार गर्न निर्देशन दिनुभयो । वागमति प्रदेश सभाका सांसद सुरेश श्रेष्ठसहित भक्तपुर अस्पताल पुग्नु भएका स्वास्थ्य मन्त्री थापाले उपचारारत विरामीहरुसंग भेट गरि उपचारको अबस्था र स्वास्थ्य अबस्थाबारे जानकारी लिनुभएको हो ।
विरामीहरुसंग कुरा गर्दै उहाँले पहिरोमा परेर ज्यान गुमाएका परिवारकै घाइते भइ उपचारमा रहेका घाइतेसंग घट्नाबारे जानकारुी लिनु भएको थियो । अस्पतालमा उपचारको अबस्थाबारे अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले उद्धार गरि ल्याइएको घाइतेको स्वास्थ्य उपचार एवं अबस्थाकाबारेमा जानकारी गराउनु भएको थियो ।
अस्पतालले आकस्मिक सेवालगायत सबै सेवाहरु सञ्चालन गरिरहेको र अस्पतालले प्रदेश सरकारको निर्देशन अनुसार सबै उपचारका लागि आवश्यक आकस्मिक कक्ष,
आइसियू, सिसियू, शल्यक्रियालगायतका सबै सेवाहरु सञ्चालन गरि थप शय्या र जनशक्ति तयारी अबस्थामा राखेको निर्देशक डा. गौतमले जानकारी दिनुभयो ।
मन्त्री थापाले विरामीहरुलाई निःशल्क उपचारको व्यबस्था गर्न र विपदमा आउन सक्ने सम्भावित प्रकोपका लागि तयारी अबस्थामा रहन अस्पताललाई आग्रह गर्नुभयो । उहाँले अस्पतालमा डेङ्गि संक्रमणलाई मध्यनजर गर्दै संचालित फिभर क्लिनिक, डाईलासिसका लागि निर्माणाधिन संरचना र सिटि स्क्यान उपकरणका स्थलको अनुगमन समेत गर्नुभयो । वागमति प्रदेशका १३ वटै जिल्लाका अस्पतालहरुलाई बाढी र पहिरोमा परेकाको निःशुल्क उपचार गर्न सबै अस्पताललाई निर्देशन दिएको प्रदेश मन्त्री थापाले बताउनुभयो ।
तीनदिनसम्म पनि डुबान क्षेत्रवासी प्रभावित :
डुबानमा परेको आज तीनदिन हुँदा पनि डुबान क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । घरको भुईतलामा गन्हाउने हिलो फ्याक्ने, कोठामा चुलुम्म डुबेर हिलाम्मे भएका भान्छाका सामानहरु, डुबेर कामै नलाग्ने चामल, दाललगायतका खाद्यान्नहरु,  घरभित्रका पलङ्ग, हिलाम्मे सिरक डसना, सोफा, लत्ताकपडा, टिभि, फ्रिज, कार्पेटलगायतका अन्य घरयासी सामान बाहिर घाममा छरपष्ट देखिन्छ ।
व्यापारिक केन्द्रको रुपमा रहेका बजारको भुईतलाका खाजा पसल, होटल रेष्टुरेष्ट, किराना पसल, मोवाइल, टिभि, फर्निचर, रेडिमेडलगायतका भुईतलामा रहेका अधिकांश पसलहरुमा मोटर लगाएर भरिएको पानी बाहिर फ्याल्ने र बिग्रिएका लाखौका सामानहरु बाहिर घाममा सुकाएको दृश्य आजसम्म पनि उत्तिकै देखिएका छन् ।
आजपनि मध्यपरथिमि नगरपालिका राधेराधे, सूर्यविनायक नगरपालिकाका बालकोट, , दधिकोटको गडेधाराटोल, सिपाडोल, भक्तपुरका बिभिन्न क्षेत्रका पीडित बासिन्दाहरु आज पनि डुबान क्षेत्रको सरसफाइृमा लागेको देखिन्छ ।
सिपाडोल, गुण्डु, दधिकोटलगातका क्षेत्रमा सयौ रुखसहति आएको पहिरोले अबरुद्ध गरेको सडक खुलाउने कार्य आज पनि जारी रहेको छ । पहिरोले जोखिममा परेका घरहरुलाई सुरक्षित गर्न कार्य भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ग्रामिण नाकाहरु खोल्ने कार्य भएको तर मुख्य साँगा नाकाभने बन्द नभएको बताउनुभयो ।
बाढी पहिरोमा पशु चौपायाको क्षति, भत्किएका घर, टहरा र व्यापारिक क्षेत्रमा भएका क्षतिको विवरण संकलन गर्ने कार्य थालनी भएको बताउदै उहाँले स्थानीय तह, उद्योग वाणिज्य संघलगायतले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिनुभयो । विपदमा परेकाहरुलाई राहत वितरण गर्ने कार्य पनि रेडक्रस मार्फत सुरु भएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लिन हुन प्रधानमन्त्री दाहालको निर्देशन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित