आइतवार, अशोज २७, २०८१ | Sun October 13, 2024


स्वास्थ्य मन्त्री किरण थापाद्धारा धुलिखेल अस्पताल अनुगमन एवं निर्देशन

स्वास्थ्य मन्त्री किरण थापाद्धारा धुलिखेल अस्पताल अनुगमन एवं निर्देशन



भक्तपुर, १४ असोज । बागमति प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामा र स्वस्थ्य मन्त्रि किरण थापाले आज धुलिखेल अस्पतालको अनुगमन गर्न भएको छ । शुक्रबार र शनिवार परेको भिषण वर्षाका कारण आएको बाढी र पहिरोमा परेर घाइते भएका विरामीको उपचारको अबस्था बुझ्न आज यहाँहरु धुलिखेल अस्पताल पुग्नु भएको हो ।
वागमति प्रदेशका १३ जिल्लाका बिभिन्न ठाउँबाट उद्धार गरि ल्याईएका घाइतेहरुको उपचारको अबस्था बुझ्नका लागि धुलिखेल अस्पतालको अनुगमन गरि घाइतेको अबस्थाकाबारेमा बुझेको स्वाथ्य मन्त्री किरण थापाले बताउनुभयो ।
उहाँहरुले बिभिन्न जिल्लाबाट हलिकप्टारमा उद्धार गरि घाइते ल्याउनुका साथै उपचारको सहज व्यबस्था मिलाउन अस्पताल प्रशासनलाई आग्रह गरेको छ ।
मन्त्री थापाले बिभिन्न जिल्लामा पहिरोबाट अबरुद्ध भएको सडक खुलाउन पहल गर्नुका साथै घाइतेको उद्धार गरि अस्पताल ल्याउन पहल गर्नुभयो ।  धुलिखेल अस्पतालमा उद्धार गरि ल्याईएका बिरामीको अबस्था निरिक्षण गर्नुका साथै उपचारमा सहज गर्न र निःशुल्क गर्न अस्पताल प्रशासनलाई आग्रह गरेको मन्त्री थापाले जानकारी दिनुभयो ।
धुलिखेलमै बसेको जिल्ला समन्वय समिति र सुरक्षा निकायसंगको संयुक्त बैठकमा एकद्धार प्रणालीबाट कार्यबिभाजन गरेको उहाँले बताउनुभयो । बैठकबाट जिल्ला समन्वय समिति प्रमुखलाई पीडितलाई खाद्यान्नलगायतको जिम्मेवारी दिनुको साथै काभ्रे प्रहरी प्रमुखलाई सुरक्षाको व्यबस्थाको जिम्मेवारी दिएको उहाँले बताउनुभयो । त्यसैगरि नेपाली सेनालाई उद्धारको जिम्मेवरी प्रदान गरि छिटो भन्दा छिटो सडक खाल्नु, उद्धार गर्न र उपचारको व्यबस्था सहज गर्ने व्यबस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  मत्स्यनारायण मन्दिरमा ८० हजार भक्तजनले गरे दर्शन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित