आइतवार, अशोज २७, २०८१ | Sun October 13, 2024


भक्तपुर अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य मन्त्री किरण थापाले भन्नुभयो : निःशुल्क उपचार गर्नुस

भक्तपुर अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य मन्त्री किरण थापाले भन्नुभयो : निःशुल्क उपचार गर्नुस



भक्तपुर, १४ असोज : वागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जस्तोसुकै विपदमा पनि सहज उपचार सेवा उपलब्ध गराउने गरि तयारी अबस्थामा रहन भक्तपुर अस्पताललाई निर्देशन दिनु भएको छ । आज भक्तपुर अस्पतालको मुख्यमन्त्री लामा, वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, प्रदेशका उद्योग मन्त्री सुकुमाया तामाङ्ग, प्रदेश सभा सदस्य सुरेश श्रेष्ठलगायतको टोलीले भक्तपुर अस्पतालको स्थलगत निरिक्षण गर्दै यस्तो निर्देशन दिनु भएको हो ।
उहाँले अस्पतालको मेडिकल डाइरेक्टर डा. सुमित्रा गौतमलाई अस्पतालको सेवा सञ्चालनमा आवश्यक परेका प्राबिधिक सामग्री एवं अन्य सामान आवश्यक परे माग गर्न आग्रह गर्दै प्रदेश सरकारले त्यसको व्यबस्थापन गर्ने बताउनुभयो । अनुगमनमा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले अस्पतालको निरिक्षणकै क्रममा निर्देशक डा. गौतमलाई बाढी, पहिरोलगायतका विपदमा आएका घाइते विरामीको निःशुल्क उपचार गर्न निर्देशन दिनुभयो ।
प्रदेश मन्त्री थापाले भन्नुभयो, “यतिखेर देशभर विपद परेको छ, विपदमा जनतालाई सरकार भएको अनुभूति दिलाउनु पर्छ, त्यैले बाढी, पहिरोको विपदमा परेर आएका विरामीको निःशुल्क उपचारको व्यबस्था गर्नु, बजेट अभाव भए प्रदेश सरकारले बजेटको व्यबस्थापन गर्छ, उपचारमा कुनै कमि नगर्नुस् ।” उहाँले अपुग बजेट प्रदेश सरकारले व्यबस्थापन गर्ने बताउदै उपचारका लागि आवश्यक इक्युमेन्ट, प्राबिधिक सामग्री, औषधि एवं औषधिजन्य सामग्रीलगायतका अत्यावश्यकीय सामानहरु प्रदेश सरकारले व्यबस्था गर्ने बताउनुभयो ।
अस्पतालले आकस्मिक कक्ष, आइस्एसियू, सिसियू, शल्यक्रिया कक्षलाई तयारी अबस्थामा राख्न र कुनै पनि महामारी जन्य रोगको संक्रमणको अबस्था आएमा तत्कालै उपचार गर्न सक्ने गरि तयारी अबस्थामा ब्यबस्थापन गर्न निर्देशक डा. गौतमलाई आग्रह गर्नुभयो ।
निर्देशक डा. गौतमले पाँच शय्याको डायलोसिस कक्ष तयार पारेको बताउदै त्यसका लागि आवश्यक मेशिन उपलब्ध गराईदिन आग्रह गर्नुभयो । उहाँले डायलोसिस कक्ष, अस्पतालको आकस्मिक, आइसियू, सिसियू, शल्यक्रियालगायतका बिभिन्न कक्षकोबारेमा मुख्य मन्त्र लामा, स्वास्थ्य मन्त्री थापालगायतको टोलीलाई जानकारी गराउनु भएको थियो । डा.गौतमलाई मन्त्री थापाले तत्कालै प्रदेश सरकारले पाँच शय्याको डायलोसिस मेशिन उपलब्ध गराउने बताउनुभयो ।
अस्पतालकी निर्देशक डा. गौतमले बाढी, पहिरोको घाइतेसंगै कुनै महामारी जन्य संक्रमण फैलिए तत्कालै उपचार गर्न सक्ने गरि जनशक्तिदेखि स्वास्थ्य सेवा प्रवाह गर्ने व्यबस्थालाई तयारी अबस्थामा राखेको बताउनुभयो । निरिक्षणमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला लगायतले भक्तपुरको विपदको अबस्थाबारे टोलीलाई जानकारी गराउनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  रु. १५ लाखको नक्कली नोट सहित नौ जनालाई पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित