हेटौडा, ५ असोज । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको वार्षिक समिक्षा गोष्ठी आजबाट हेटौडामा सुरु भएको छ ।
कार्यक्रमको आज वागमति प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामा र बार्षिक समिक्षा गोष्ठीका अध्यक्ष एवं स्वास्थ्य मन्त्री किरण थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, हेटौंडाद्वारा आयोजित आ. व. २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी हाल हेटौंडामा सञ्चालन भइरहेको छ। २०८१ साल कार्तिक ५ गतेदेखि सुरु भएको यो गोष्ठी कार्तिक ७ गतेसम्म (२१ देखि २३ अक्टोबर, २०२४) जारी रहनेछ।
जनस्वास्थ्य कार्यालय र अस्पतालका प्रमुखज्यूहरूद्वारा आ. व. २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन स्वास्थ्य मन्त्रालयका माननीय मन्त्रीज्यूलाई हस्तान्तरण गरिएको छ। गोष्ठीले प्रदेशभरिका स्वास्थ्य कार्यक्रमहरूको समीक्षा गर्दै आगामी योजनाहरूको खाका तयार गरिरहेको छ।

आजबाट सुरु भएको तीन दिने आ. ब २०८०÷०८१ को बार्षिक समिक्षा गोष्ठीमा वार्षिक भरि भएका गतिबिधि एवं बिभिन्न प्रगतिको समिक्षा गर्दै आगामी ७ गते सम्पन्न हुने मन्त्री थापाले जानकारी दिनुभयो ।

