शनिबार, मंसिर २२, २०८१ | Sat December 07, 2024


ललितपुर महानगरको आर्थिक राहत सहयोग : दक्षिणकालीलाई १ करोड, ललितपुर जिल्लाका पाँच पालिकालाई ५०/५० लाख

ललितपुर महानगरको आर्थिक राहत सहयोग : दक्षिणकालीलाई १ करोड, ललितपुर जिल्लाका पाँच पालिकालाई ५०/५० लाख



ललितपुर, ८ कार्तिक । ललितपुर महानगरपालिकाले बाढी प्रभावित ६ वटा स्थानीय तहलाई साढे तीन करोड रूपैयाँ राहत सहायता रकम दिने भएको छ । ललितपुर महानगरको बुधबार बसेको कार्यपालिका बैठकले ललितपुर जिल्लाका गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका , महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई ५०/५० लाख दिने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले दक्षिणकाली नगरपालिकालाई एक करोड दिने निर्णय गरेको छ । असोजको दोस्रो साता गएको बाढी पहिरोबाट यी पालिकामा धेरै जनधनको क्षति भएको । भौतिक पूर्वाधार भत्किएका छन् । पानीको मुहानमा अवरोध पुगेको छ । पानीको पाइप भाँचिएका, परिएका र थिचिएका छन् । ललितपुर महानगरद्धारा जारी विज्ञप्तिमा भनिएको छ , ‘ विपद व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौं । ’ ललितपुरको दक्षिण भेगमा अवस्थित गोदावरी नगरपालिका , महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई संघीय सरकारले विपद् संकटग्रस्त पालिका घोषणा गरेको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले अभिभावकत्व ग्रहण गर्र्दै अप्ठ्यरो परेको बेलामा सहयोग गरेको बताए । उनले भने, ‘ यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनर्निर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  मतदान केन्द्रलाई समावेशी र अपाङ्गतामैत्री बनाउन आयोगको निर्देशन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित