शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


दोश्रो भक्तपुर दशै सस्तो व्यापार मेला–२०८२ सुरु

दोश्रो भक्तपुर दशै सस्तो व्यापार मेला–२०८२ सुरु



भक्तपुर, ४ असोज : भक्तपुर नगरपालिका–७ को महेश्वरी खेल मैदानमा यही असोज आजदेखि दोश्रो भक्तपुर दशै सस्तो व्यापार मेला–२०८२ सुरु भएको छ ।
नेपालीहरुको महान चाँड दशैंको अवसरमा एकैथलोबाट सस्तो, सुलभ र गुणस्तरीय सामान आम उपभोक्तामा पुर्याउने उदेश्यले औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले मेलाको आयोजना गरेको मेलाका संयोजक संगम लामाले जानकारी दिनुभयो ।
व्यापर मेलामा ५० भन्दा बढी स्टलहरु राखिएको जानकारी दिदै उहाँले मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सामाग्रीहरु,  लताकपडाहरु, खाद्यान्न, अटोमोवाइल, जुत्ताहरु तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्री, फूललगायतका बिभिन्न सामानहरु विशेष छुटका साथ स्टलहरु राखिएको बताउनुभयो ।
मनोरज्जनका लागि महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्ब, मिकी माउस, टेम्पालिङ, स्करपियोका साथै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुका हास्यव्यङग्य तथा गीत नृत्यको प्रस्तुती समेत हरेक दिन रहने उहाँले बताउनुभयो । व्यापार मेला यहीँ असोज १९ गतेसम्म सञ्चालन हने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नेपालमै पहिलो पटक सरकारी अस्पतालमा तर्फ रोबोटिक शल्यक्रिया भित्र्याउदै भक्तपुर अस्पताल, सुरु गर्दै रोबोटिक शल्यक्रियादेखि तालिम केन्द्र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित