शनिबार, मंसिर २२, २०८१ | Sat December 07, 2024


जिल्ला समन्वय समिति भक्तपुरको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा जारी

जिल्ला समन्वय समिति भक्तपुरको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा जारी



भक्तपुर, : प्रतिनिधि सभाका सांसद एवं नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले भक्तपुर नगरपालिकाले त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसदेखि भक्तपुर अस्पतालसम्मका सार्वजनिक सम्पत्तिमाथि हस्तक्षेप गरेको बताउनु भएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरले सञ्चालन गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उहाँले भक्तपुर बहुमुखी क्याम्पसदेखि अस्पतालसम्म ध्वस्त पार्ने रणनीति नगरपालिकाले बनाएको बताउनुभयो ।

भक्तपुरमा राज्यको कानून भन्दा पर नगरपालिकाले जे भन्छ त्यही नै ऐन नियम र कानून हुने यो कस्तो हो भन्दै उहाँले नगरपालिका एकातिर त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिएर आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र अर्कोतर्फ त्यही विश्वविद्यालयको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस ध्वस्त पार्ने रणनीति लिने भन्दै उहाँले नगरपालिकाको कार्यशली प्रति आपत्ति जनाउनु भयो । सांसद थापाले भन्नुभयो, “भक्तपुर बहुमखी क्याम्पसमा नगरपालिकाल् डोजर आक्रमण मात्रै गरेको छैन, नैतिक रुपमा यो क्याम्पसमाथि आक्रमण गरेको छ, नेपाली काँग्रेस त्यस्ता कार्यप्रति आपत्ति जनाउँदै भत्र्सन गर्न चाहन्छ ।”

भक्तपुर नगरपालिकाले आफ्ना नगर क्षेत्र भित्र प्रदेश र संघबाट चलेका सम्पूर्ण संस्थामाथि आक्रमण गर्ने नीति लिएको बताउदै उहाँले भक्तपुर अस्पतालमाथि समेत अबरोध सृजना गरेर कम्पाउण्ड भत्काउन खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले भक्तपुर अस्पताल भित्र सार्वजनिक शौचालय बनाउने नाममा होस् चाहे भक्तपुर अस्पतालका सम्पत्ति माथि आक्रमण गरेर सटर हाल्ने बनाउने खालका अभिप्रायले किन नहोस्, प्रदेश र संघका संस्थामाथि आक्रमण गर्ने नीतिको हामी भत्र्सना गर्दछौँ ।”

नगरपालिकाले जग्गा बिकास र प्लटिङ्गा नाममा साना किसानका जग्गाहरु एकीकृत गरि मनोमानी रुपमा जग्गा काटेर किसानलाई समेत अति दुःख दिएर आन्दोलनमा उत्रिन बाध्य पारेको उहाँले बताउनुभयो ।

कार्यक्रममा वागमति प्रदेश सांसदहरु सुरेश श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, भुवनेश्वरी श्रेष्ठले जनतालाई दुःख दिने नियतले कुनै पनि पालिकाले काम गर्न नहुने भन्दै भक्तपुरको बिकासमा चारटै पालिका एक हुनु पर्ने औल्याउनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरले शिक्षा, स्वास्थ्य र सम्पदाको संरक्षण र बिकासमा फड्को मार्ने गरि कार्य गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस  प्रदेश स्वास्थ ऐन संसोधन विधेयक पारित

जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापाले भक्तपुर नगरपालिका समन्वयमा नआउने र विकासमा समन्वय पनि नगर्द समस्या आएको भन्दै भक्तपुर अस्पतालको कम्पाउण्ड भत्काएर सटर हाल्ने कार्य गर्न नहुने बताउनु भयो ।

उहाँले प्रदेश सरकारबाट भक्तपुर अस्पतालमा आउँन लागेको नौ करोडको सिटिस्क्यान मेशिन राख्ने ठाउँको अभाव भइरहेको अबस्थामा त्यसलाई ठाउँ उपलब्ध गराउन सहजीकरण गर्नु पर्नेमा उल्दै नगरपालिकाले अस्पतालको कम्पाउण्ड भत्काएर सटर हाल्न खाज्दा जनताको सुविधाका लागि आउने सिटी स्क्यान मेशिन फिर्ता जान सक्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका पूर्वअध्यक्ष नवराज गेलालले भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसदेखि भक्तपुर अस्पतालसम्म हस्तक्षेप गर्दै केन्द्रीय सरकार र कानूनको समेत अबज्ञा गरेको बताउनुभयो ।

जिससका उपप्रमुख सुजाता बाडे बैध, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमल्सिना भट्टराई, जिसस महासंघका निर्देशक भरत भट्टराई, जिल्ला समन्वय अधिकारी पुरुषोत्तम अधिकारीलगायतले जिल्लाका सबै पालिका र समन्वय समितिबीच सकारात्मक र समन्वयकारी भूमिका निर्वाह हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्लाका सरकारी कार्यालयहरुले आ.ब. ०८०/०८१ मा सम्पन्न गरेका आयोजनाहरुको बिस्तृत प्रस्तुतीकरण राख्नुका साथै छलफल र सुझाब संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित