शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


खरिपाटी बस दुर्घटनामा १० जना घाईते

खरिपाटी बस दुर्घटनामा १० जना घाईते



भक्तपुर, १३ कात्तिक : चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रु बाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
चाँगुनारायण नगरपालिका कार्यालयसंगै घुमाउनेमा तिब्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नम्बरको बस अनियन्त्रित भइ सडकको खम्बामा ठाकिएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिनुभयो । घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनाका प्रतक्ष्यदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेहरुको आफूहरुले उद्धार गरि एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अबस्था भने गम्भिर रहेको उहाँले जानकारी दिनुभयो । बस खम्बामा ठोकिएर दुर्घटना हुँदा विद्युतको खम्बासमेत भाचिएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  दुई करोडभन्दा बढी बराबरका गहनासहित काठमाडौंबाट चार जना पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित