शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



भक्तपुर, २१ कार्तिक । मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार मङ्गलबार भक्तपुर सूर्यवनिायक नगरपालिका-५ कटुन्जेचोक स्थित सूर्यवनिायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्र.०२-०२१ प. ८१२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका-६ भोलाछें घरभई सूर्यविनायक कटुन्जे  बस्ने ६९ वर्षीया विमला प्रधानाङ्गको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट सख्त घाइते प्रधानाङ्गको उपचारको क्रममा बुधबार मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । मोटरसाइकल चालक रामेछाप सुनापाती गाँउपालिका-५ घरभई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-१ दुवाकोट २६ वर्षीय दिपक मानन्धरलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  वागेहिटीको तीनतले शिवलिङ्गको ‘त्रिलोकेश्वर’ नामाकरण

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित