भक्तपुर, १ मंसीर । चाँगुनारायण नगरपालिका-५ पिखेलस्थित ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एकको मृत्यु ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार चाँगुनारायणबाट डेकोचा तर्फ आँउदै गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर पिखेलस्थित अनयिन्त्रति भई पल्टन जाँदा ट्याक्टरमा सवार पिखेलका ४५ वर्षीय हरी गोबन्दि सुवालको मृत्यु भएको छ ।
ट्याक्टर दुर्घटनाबाट गम्भिर घाईते सुवालको उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । घाइते सुवाललाई घटनालगत्तै उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल रिफर गरिएको थियो ।
दुर्घटनाबाट ट्याक्टर चालक भक्तपुर नगरपालिका-२ ब्यासीका ४८ वर्षीय गणेश सुवाल, चाँगुनारायण नगरपालिका-५ कि ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गोपाल कोजु, ४४ वर्षीय राधेश्याम सितिखु, ७४ वर्षीय पुर्णकेशरी सिल्पकार घाइते भएका छन् । ट्याक्टर चालक सुवालको भक्तपुर अस्पतालमा उपचार भईरहेको र अन्यको सोही अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

