शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


मुख्यमन्त्री बानियाँदेखि स्वास्थ्य मन्त्री थापासहितको टोलीद्धारा प्रतिष्ठानको अवलोकन

मुख्यमन्त्री बानियाँदेखि स्वास्थ्य मन्त्री थापासहितको टोलीद्धारा प्रतिष्ठानको अवलोकन



मकवानपुर, १२ भदौ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नती एवं सेवा बिस्तारलगायतको विषयका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहितको टोलीले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालको पुरानो र नयाँ भवनको अवलोकन गरेको छ ।

प्रदेशका मुख्य मन्त्री बानियाँ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्यमन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठलगायतको स्वास्थ्य टोलीले प्रतिष्ठानको अवलोकन एवं अनुगमन गरेको हो ।

प्रतिष्ठानको संरचना, सेवा विस्तार तथा आगामी योजनाबारे अन्तरक्रियामा प्रतिष्ठानको स्तरोन्नतीदेखि सेवा बिस्तार, प्रतिष्ठानलाई मूलुककै उत्कृष्ट स्वास्थ्य विज्ञान केन्द्रका रूपमा विकास गर्नेसम्मकाबारेमा बृहत छलफल भएको स्वास्थ्य मन्त्री थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित