शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


नक्कली फेसबुक आईडी प्रयोग गरी २७ ठगीको आरोप पक्राउ

नक्कली फेसबुक आईडी प्रयोग गरी २७ ठगीको आरोप पक्राउ



काठमाडौं, ३ मंसीर । नक्कली फेसबुक आईडी प्रयोग गरी २७ लाख रूपैयाँ भन्दाबढी ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घरभई काठमाडौँ चन्द्रागिरी नगरपालिका-७ बस्ने रुद्रबहादुर गुरुङ छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । गुरुङले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट चलाएर २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार गुरुङले सोही आईडी दुरुपयोग गर्दै केटी साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानको लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौँ, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगेको अनुसन्धानको क्रममा खुल्न आएको छ। गुरुङलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  अब हिन्दू विश्वविद्यालय स्थापना हुने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित