बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


भक्तपुर अस्पतालमा मोतिबिन्दु शल्यक्रिया सेवा सुरु

भक्तपुर अस्पतालमा मोतिबिन्दु शल्यक्रिया सेवा सुरु



===================================

 वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पताल मध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा बिस्तार गरेको जानकारी दिदै प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्ने नीति प्रदेश सरकारको रहेको बताउनुभयो ।

===================================

भक्तपुर, ४ मङसिर  : आँखाको उपचार र मोतिबिन्दको शल्यक्रियाका लागि अब भक्तपुरका बासिन्दाले काठमाण्डौं धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
वागमति प्रदेशमै पहिलो पटक भक्तपुर अस्पतालले मोतिबिन्दुका शल्यक्रिया सेवा सुरु गरेसंगै अब भक्तपुर र पूर्वका जिल्लाका बासिन्दाले यसका लागि काठमाडौंलगायतका अन्य अस्पतालमा धाउनु नपर्ने भएको हो ।
भक्तपुर अस्पतालकी कार्यकारी निर्देशक डा. सुमित्रा गौतमले अस्पतालले नियमित रुपमा दैनिक आँखाको ओपिडी सेवा सञ्चालन गरिरहेको भएपनि मोतिबिन्दूको शल्यक्रियाका लागि अन्यत्र अस्पताल पठाउने गरेकोमा अब प्रत्येक मंगलबार अस्पतालमै मोतिबिन्दुको शल्यक्रिया गर्ने गरि सेवा बिस्तार गरेको बताउनुभयो ।
बागमति प्रादेशिक अस्पतालमै पहिलो पटक भक्तपुर अस्पतालमा वीर अस्पतालकी आँखा रोग विशेषज्ञ (Ophthalmologist) डा. आरती काराखेति तथा भक्तपुर अस्पतालकी  (Ophthalmologist) डा. अनुपमा अमात्यको नेतृत्वमा एक प्राबिधिक सहितको टोलीसहितले यो सेवा सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालकी निर्देशक डा.गौतमले राससलाई भन्नुभयो, “अस्पतालमा संस्थाबाट ल्याईएको उपकरणबाट पहिलो पटक दुई महिलाको सफलतापूर्वक मोतिबिन्दुको शल्यक्रिया सम्पन्न गरेका छौँ, आँखा परीक्षण एव. उपचार सेवा नियमितनै छ, शल्यक्रिया सेवा अब प्रत्येक मंगलबार यस अस्पतालमा हुनेछ, मोतिबिन्दुको शल्यक्रियाको लागि भक्तपुर र पूर्वी जिल्लाका बासिन्दाले काठमाडौंका अन्य अस्पताल धाउनु पर्दैन ।”
उहाँले वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले मोतिबिन्दुको शल्यक्रियाका लागि आवश्यक उपकरणको व्यबस्था गरिदिने भएको बताउदै प्रदेश सरकारबाट उपकरण आएपछि सेवा बिस्तारमा थप सहज हुने बताउनुभयो ।
 वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पताल मध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा बिस्तार गरेको जानकारी दिदै प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्ने नीति प्रदेश सरकारको रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, “वागमती प्रदेशका अस्पतालहरु मध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा बिस्तार गरेका छाँ, यो सेवा अब निरन्तर भक्तपुर अस्पतालमा चल्ने छ । यो सेवालाई अन्य अस्पतालमा पनि बिस्तार गर्ने नीति स्वास्थ्य मन्त्रालयले लिएको छ ।”
मन्त्री थापाले आँखाको शल्यक्रिया सेवा सञ्चालन गर्न मन्त्रालयले बजेटको व्यबस्थपन गरेको बताउदै दरबन्दीसहितका चिकित्सिकीय सेवा प्रदेशका सबै अस्पतालमा बिस्तार गर्न मन्त्रालयले बजेटको ब्यबस्था गर्ने पनि बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सूयविनायक नगर अस्पताल ५० शय्यामा बिस्तार,  अब ट्रमा सेन्टरको रुपमा बिस्तार गर्छौ : मन्त्री थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित