शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ

साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ



काठमाडौं, ४ मंसीर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार प्रसाईंलाई मङ्गलबार साइबर अपराध मुद्दामा पक्राउ गरिएको हो । प्रसाईंलाई ब्युरो लगिँदै गरेको पनि प्रहरी उपरीक्षक बोगटीले जनाए ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । सीआईबी प्रमुख एआईजी दीपक थापाले प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको बताए । उनले भने, ‘प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । किर्तेमा पनि अनुसन्धान हुनसक्छ । किर्ते र संगठित अपराधमा पनि तानिन सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन, पार्टी कार्यालयमा शव राखिदै, भोली दाहसंस्कार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित