शनिबार, माघ ५, २०८१ | Sat January 18, 2025


मन्त्री थापाद्वारा सूर्यविनायक नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

मन्त्री थापाद्वारा सूर्यविनायक नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण



भक्तपुर, १५ मंसीर । स्वास्थ्यमन्त्री किरण थापाद्वारा सूर्यविनायक नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको छ । मन्त्री थापाले अस्पतालले १ थान भेन्टीलेटर र २ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहित करिब ३५ लाख रूपैयाँ बराबरको  मेसिन र ४५ लाख रूपैयाँ बराबरको औषधी हस्तान्तरण गरेका छन् । शुक्रबार बागमती प्रदेश स्वास्थ्यमन्त्री थापाले एक समारोहबीच सूर्यविनायक नगरप्रमुख बासुदेव थापा र अस्पतालका कार्यकारी निर्देशक एवं युरोलोजिष्ट मृगौला प्रत्यारोपण सर्जन प्रा. डा. राकेश कुमार बर्मालाई हस्तान्तरण गरेका हुन ।

यसबाट बिरामीलाई थप उपचारमा सहज र सेवामा गुणस्तर हुनेमा स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश स्वास्थ्य मन्त्रालय विस्वस्त रहेकाे मन्त्री थापाले बताए । अस्पताललाई भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गर्दै यसबाट बिरामीले घर आगनमै उपचार सेवा पाउने मन्त्री थापाकाे जाेड छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय तथा विभिन्न दातृ निकायसँगको समन्वयमा हेल्थ इनभाईरमेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशनका तर्फबाट भेन्टिलेटर तथा हाइ फ्लाे नजल क्यानुलासहित स्वास्थ्य सामग्री वितरण गर्न पाउँदा खुशी लागेकाे मन्त्री थापाले बताए ।

स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय बौद्ध संस्था ‘जु ची फाउण्डेसन’ले भेन्टिलर सहयोग गरेको हेल्थ इनभाइरनमेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशनले  जनाएको छ । पछिल्लो समय अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको र यस्ता सामाग्री नहुँदा अन्यत्रै रिफर गरिदै आएको सर्जन डा. बर्माले बताए । अब अस्पतालबाट बिरामीले सहज र सहुलियतमा सेवा पाउनेमा डा. बर्मा विस्वस्त छन् ।

मन्त्री थापा सहितको टोलीले अस्पताल भवनको अप्रेशन कक्ष, अक्सिजन कक्ष र अन्य भवनहरुको स्थलगत निरीक्षणसमेत गरेकाे छ । टोलीले अस्पतालको भौतिक अवस्थाको निरिक्षण गरेसँगै मन्त्रालयबाट थप सहयोग गर्ने वचन व्यक्त गरेका छन् । नगरपालिकाबाट निर्माण गरिएका भवनको स्थलगत निरीक्षणमा बागमती सरकारका स्वास्थ्य मन्त्री किरण थापा, नगर प्रमुख बासुदेव थापा, नगरपालिका प्रवक्ता रबिन्द्र सापकोटा, उपप्रमुख सरिता तिमिल्सेना भट्टराइ, नगरकार्यपालिका सदस्यहरू तथा वडा अध्यक्षहरू एवं विभिन्न संघ सस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेकाे थियाे ।

यो पनि पढ्नुहोस  रजोनिवृत्ति अर्थात महिनावारी र सरुवा रोगकाबारेमा सचेतना प्रदान

उक्त टाेलीले अस्पतालको भौतिक अवस्थाको निरिक्षण, अप्रेशन थ्रेटर, ओपीडी, आईसीयू, एचडीयू अक्सिजन कक्षलगायतकाे निरिक्षण गरेकाे हाे । मंसिर महिना भित्रबाटै अस्पतालले एचडियु सहितको सेवा विस्तार गर्न लागिएको नगरपालिकाले जनाएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले मंसिर महिना भित्रै सेवा विस्तार गर्न सरोकारवालबीच थप गृहकार्य भइरहेको जानकारी दिए ।

सूर्यविनायक नगरपालिकाले आफ्नै लगानी तथा आफ्नै व्यवस्थापनमा करिब चार वर्ष अघि नगर अस्पताल सञ्चालनमा ल्याएकाे हाे । सरकारले गाउँपालिकामा ५ बेड र नगरपालिकमामा दश बेडको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरेसँगै सूर्यविनायक नगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गरेको हो ।

नगरपालिकाले सबै वडामा ल्याबसहितको आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा प्रदान गरिरहेको, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य बीमा रकम प्रतिघर एक हजार रुपैयाँ अनुदान दिने कार्यक्रम सञ्चालनमा ल्याएकाे र हाल यस कार्यक्रममार्फत १५ हजारबढी परिवारले स्वास्थ्य बीमा गरिसकेकाे नगरपालिकाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित