बिहिबार, असार ११, २०८३ | Thu June 25, 2026


पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला



काठमाडौं, २० पुस । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो । त्यसपछि फरार रहेका ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ ।

युवक केही समयअघि मात्रै जापानबाट फर्किएका थिए । होटलमा मृत फेला परेकी युवती जापनिज भाषा अध्ययनरत रहेको खुलेको छ । मृत भेटिएकी खड्का जापानी भाषा अध्ययनरत रहेको आफन्तले प्रहरीसमक्ष बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  प्रधानमन्त्रीद्वारा भूकम्पमा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित