शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


स्वास्थ्य बिमालाई ब्यवस्थित बनाउन सरकारले काम गरिरहेको छ ःस्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य बिमालाई ब्यवस्थित बनाउन सरकारले काम गरिरहेको छ ःस्वास्थ्य मन्त्री पौडेल



भक्तपुर, २२ पुस : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई ब्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।
ह्याम्स अस्पतालको ब्यबस्थापनमा संचालन भैरहेको नागरिक सामुदायिक शिक्षण अस्पताल गठ्ठाघरमा स्थापना गरिएको ९ सैंयाको अत्याधुनिक लेभल ३ आइसीयुको उद्घाटन कार्यक्रममा आज मन्त्री पौडेलले लक्षित समूहले पुर्णरूपमा लाभ लिनेगरी स्वास्थ्य बिमा अघि बढाउन जरुरी रहेको बताउनुभयो ।

मन्त्री पौडेलले वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत उपलब्ध गराएको भए पनि त्यो आंशिक मात्रै रहेको र आवश्यकता अनुसारको नभएको बताउनुभयो । उहाँले नागरिकको योगदानमा आधारीत बिमा प्रणाली मात्र प्रभावकारी हुने बताउँदै हालको बिमा प्रणालीलाई रु ५ लाख पुर्याई पुर्ण र ब्यबस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले सरकारी वा निजी जुनसुकै अस्पतालले राज्यले ब्यबस्था गरेको कानुनी मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो । निजी स्वास्थ्य संस्थाहरूले नाफाको दृष्टिकोणले मात्रै काम गर्न नहुने बताउँदै उहाँले निजी अस्पतालले आमजनताका लागि दिनुपर्ने १० प्रतिशत निःशुल्क सेवा पारदर्शी रुपमा दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा ह्याम्स अस्पताल तथा नागरिक अस्पतालका अध्यक्ष रामशरण भण्डारीले गुणस्तरीय स्वास्थ्यका लागि आफूले निजी क्षेत्रबाट सघाइरहेको बताउँदै निजी क्षेत्रको सेवामाथि प्रश्न उठ्ने विषयमा अस्पतालको ग्रेडिङ गरेर हटाउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ,अस्पतालका मेडिकल निर्देशक डा.कुन्दनसिंह कार्की,आईसीयू बिशेषज्ञ डा.अर्जुन कार्की लगायतले नेपालको स्वास्थ्य प्रणालीलाई ब्यवस्थित गर्नुपर्ने बताउनुभयो । अस्पतालको नयाँ भवन निर्माणका लागि गठ्ठाघरमै ८ रोपनी जग्गा लिइएको र ५ बर्षभित्र २०० बेडको अस्पताल बनाउने योजना रहेको अस्पतालले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित