भक्तपुर, २३ पुस : नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले आज आफ्नो २८ औँ स्थापना दिवस मनाएको छ । महासंघले सूर्यविनायकमा आयोजना गरेको स्थापना दिवसको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद एवं नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापित दूर्लभ थापाले पत्रकारले नकारात्मक मात्रै नभई सकारात्मक सन्देश दिने समाचार खोज्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशमा केही भएकै छैन, देश सिद्धियो, सबै खत्तम भयो, दलहरुले सबै बिगारे भन्ने जस्ता नकारात्मक सन्देश जाने समाचार होइन, आम जनतामा आशा छर्ने भरोसा दिने सकारात्मक समाचारहरु पनि ल्याउनुस् ।” प्रजातन्त्र आएपछि देश धरै विकास भएको भन्दै उहाँले चौतर्फी भएका बिकासका कामहरु, आथिएक उन्नतीका कामहरु जति पनि भएका छन् त्यसलाई उजागर गरेर सबैमा आशा र भरोसा जगाउने समाचारमा पत्रकारको ध्यान जानु पर्ने बताउनुभयो ।
भक्तपुरलाई एउटा मन्त्री दिनु पर्ने आवाज यहाँका पत्रकारले उठाउनु पर्ने बताउदै सांसद थापाले भन्नुभयो, “चुनाब अगाडि पार्टी सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई चुनाब जिताउनुुस् मन्त्री बनाउछौँ भन्नु भएको थियो, खै अहिलेसम्म छैन, तपाईहरु समाचार लेख्नुस् न भक्तपुुरलाई मन्त्री चाहियो भनेर ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका, काठमाडौ पत्रकार महासंघका अध्यक्ष शोभा अर्याल, ललितपुर पत्रकार महासंघका अध्यक्ष रामहरी कार्की, वरिष्ठ पत्रकार कबिर राणा, उपाध्यक्ष हेमराज ढकाल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष रोशन शिल्पकार, प्रेस चौतारी उपाध्यक्ष ऋषिकेश श्रेष्ठ, प्रेस सेन्टरका जिल्ला अध्यक्ष मदन ढुङ्गाना लगायतले पत्रकार महासंघको निर्वाचनमा भएको हातजितलाइ सबैले स्वीकारेर पत्रकार एक भएर कर्मक्षेत्रमा लाग्नु पर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

