मङ्लबार, अशोज १३, २०८३ | Tue September 29, 2026


घ्यू- चाकु खाँदै सष्टाले सुनाए सिर्जना 

घ्यू- चाकु खाँदै सष्टाले सुनाए सिर्जना 



भक्तपुर । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनकाे रूपमा चिनिन्छ, माघे सङ्क्रान्ति । धार्मिक र सांस्कृतिक महत्त्वका हिसाबले विशेष दिनका रूपमा रहेकाे याे दिनमा विभिन्न ठाउँमा मेला समेत लाग्छ । यही दिन भने भक्तपुरकाे कमलविनायकस्थित राेम्वस सेकेण्डरी स्कूलमा साहित्यिक मेला लागेकाे छ ।
संक्रान्तिकाे अवसर पारेर स्कूलले राखेकाे भेटघाट तथा रचना वाचन कार्यक्रममा सहभागी स्रष्टाहरूले आआफ्नो रचनामार्फत् चिसाे माैसमलाई तताए । साहित्यकाे सम्वर्द्वन र प्रवर्द्धनका लागि उक्त स्कुलले आयाेजना गरेकाे उक्त साहित्यिक भेलामा अग्रज र अनुज स्रष्टाहरूकाे सहभागिता रहेकाे थियाे ।
यस दिन घरघरमा बसेर घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी खाइरहँदा गजलकार विक्रम चेतनशील राई, रामगाेपाल आशुतोष, विकास प्रहर, हरिसुन्दर छुकां, उपेन्द्र तिमिल्सिना, भरत ढुंगाना, पवन चाम्लिङ राई, मनाेज खड्का मिलन, स्वनाम सज्जन किरातीलयागतले गजल, मुक्तक र कविताकाे स्वाद पस्केका थिए ।
कार्यक्रम आयाेजक विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र काेजूले कविता पाठ गरेर भेलाकाे सभापतितब ग्रहण गरे भने राेम्वस नेशनल स्कूलकी सहायक प्रिन्सिपल अमृता ढकालले गीतमार्फत सबैलाई स्वागत गरिन् । साे कार्यक्रममा ताथलीकाे सिन्हपा तेडाेल नयाँ बस्ती टाेल विकास संस्थाका अध्यक्ष देवराज गुरूङले शुभकामना दिएका थिए ।
विद्यालयले शिक्षा र साहित्यलाई सँगसँगै अघि बढाउने याेजना अनुसार उक्त कार्यक्रम आयाेजना गरेकाे विद्यालयका प्रिन्सिपल डा. काेजूले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  मुख्यमन्त्रीदेखि स्वास्थ्य मन्त्रीसहितको टिमद्धारा अस्पतालहरुको छड्के अनगमन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित