बुधबार, बैशाख ९, २०८३ | Wed April 22, 2026


वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरद्धारा खोप अभियान सफल पार्न  आव्हान

वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरद्धारा खोप अभियान सफल पार्न  आव्हान



हेटौडा, २२ माघ । वागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आज महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान शुभारम्भ गर्नु भएको छ ।

आज हटौडामा वगमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलगायतको उपस्थितिमा मुख्यमन्त्री लामाले स्वास्थ्यकर्मीहरुलाई खोप बाकस हस्तान्तरण गरि खोप अभियानको शुभारम्भ गर्नु भएको हो । अभियानलाई सफल पार्न सरोकारवाला निकायलाई उहाँले आव्हान गर्नुभएको छ ।

त्यसैगरि प्रदेशका स्वास्थ्य मन्त्री थापा मगरले पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने सबै किशोरीहरुलाई आव्हान गर्नु भएको छ ।

आजबाट सुरु भएकाअभियान सफल पार्न र सरकारले उपलब्ध गराएको निःशुल्क खोप अभियानमा सहभागि हुन उहाँले विज्ञप्ती जारी गर्दै आव्हान गर्नु भएको हो । उहाँले वागमति प्रदेशका विद्यालयमा अध्ययनरत छात्राहरु र बिद्यालय बाहिर रहेका किशोरीहरु गरि २ लाख ९८ हजार ९०५ जनालाई खोप लगाउने भएकाले सबै पालिकाहरुमा अभियानलाई सफल पार्न आव्हान गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  धादिङको नवजात शिशुको स्वास्थ्य मन्त्रालयद्वारा हेलिकप्टरद्धारा आपतकालिन उद्धार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित