भक्तपुर, १६ फागन : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले राजनीतिक दल र नेताहरुले अरु कुनै उदेश्य नराखी केबल देश र जनताको हितको लागि मात्रै लाग्नु पर्ने बताउनु भएको छ ।
नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनको आज भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितका लागि बाहेक अरु कुनै पनि उदेश्य नराखेको बताउनु भएको हो ।
उहाँले देशमा राजतन्त्र लामो शासन चलेको बताउदै राजाजस्तै दोषी देखिने काम दलहरुले गर्न नहुने बताउनुभयो । उहाँले देशमा प्रजातन्त्र र लोकतन्त्र आएपछि पनि जनताको हितमा काम गर्न नसकेको आरोप लगाउदै देश र जनताको हितमा काम गर्न समाजबादी व्यवस्था आवश्यक भएकाले त्यसका लागि नेमकिपा लडिरहेको बताउनुभयो ।
प्रजातन्त्रको जग स्थानीइ तह भएको बताउदै अध्यक्ष बिजुक्छेँले स्थानीइ तहलाई अधिकार प्रत्यायोजन गरे आफ्नो जनताको लागि आफै निर्णय गर्दै काम गर्न सक्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले बिश्व विद्यालय सञ्चालनको स्वीकत गर्न माग गरेको वर्षै बितेपनि जनताको बिरोधी तत्वले विश्व विद्यालय नदिन बिरोध गरिरहेको बताउनुभयो ।
कार्यक्रममा पार्टी सचिव एवं संघीय सांसद् प्रेम सुवाल, केन्द्रिय सदस्य सुनिल प्रजापतिलगायतका वक्ताहरुले देशमा धेरै कम्युनिष्ट पार्टीहरु रहेको भएपनि सिद्धान्तत सच्चा कम्युनिष्ट पार्टी बन्न नसकेको आरोप लगाउनु भयो ।
फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा ५० जिल्लाबाट ४०० जना प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता रहेको बताउनुभयो । उद्घाटन अघि काठमाडौं कोटेश्वर, भक्तपुरका बोडे, सूर्यविनायक, कमलविनायकलगायत बिभिन्न ठाउँबाट र्याली, झाकी तथा साँस्कृतिक कार्यक्रम निस्केर उद्घाटन स्थल पगेको थियो ।
विक्रम संवत् २०३१ साल माघ १० गते पार्टीको स्थापना नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा, दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२, १४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ गते भक्तपुरमा सम्पन्न भएको थियो ।
सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएकोमा आठौँ महाधिवेशनबाट पनि अध्यक्षमा ८५ वर्षीय बिजुक्छेँलाई अध्यक्षमा चन्ने संकेत रहेको बताइएको छ ।