काठमाडौं, १९ चैत । प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप १८ जनालाई पक्राउ गरेको छ । यही चैत १५ गते राजा पक्षधरले तीनकुनेमा आयोजना गरेको कार्यक्रममा हिंसात्मक प्रदर्शन, आगजनी, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । ‘उक्त घटनामा संलग्न रहेको अभियोगमा थप १८ जना पक्राउ परेका छन्, यसअघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ,’ एसपी बोहराले भने ।
थप पक्राउ परेका मध्ये ८ जना विरुद्ध राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धि कसुर अन्तर्गत तथा आपराधिक उपद्रव कसुर अन्तर्गत १० जनालाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गराएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

