बिहिबार, असार ११, २०८३ | Thu June 25, 2026


रथको पाङ्ग्राले किचेर मृत्यु

रथको पाङ्ग्राले किचेर मृत्यु



भक्तपुर, ०१ वैशाख । भक्तपुरमा बिस्काः जात्रा मनाउने क्रममा भैरवनाथको रथको पाङ्ग्राले किचेर एक जनाको मृत्यु भएको  छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भक्तपुर नगरपालिका-४ घरभई सूर्यविनायक नगरपालिका-८ सिपाडोल इटबू बस्ने ३६ वर्षिय सुशिल तमखु छन् ।

बिस्काः जात्राको चौंथो दिन आइतबार भेलुखेलस्थित योसिंखेलमा ५५ हाते योसिं (लिङ्गो) ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथको पाङ्ग्राले किचेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । उनको छटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुरका किरण थापासहित एमालेमा टुङ्गियो वागमति प्रदेश सरकारको मन्त्री नाम

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित