मङ्लबार, बैशाख २९, २०८३ | Tue May 12, 2026


‘फिसिङ लिंक’ पठाएर २२ वर्षीय राहुलले पारे ४ हजारबढीको ई-सेवाबाट १ करोड २ लाख झ्वाम

‘फिसिङ लिंक’ पठाएर २२ वर्षीय राहुलले पारे ४ हजारबढीको ई-सेवाबाट १ करोड २ लाख झ्वाम



काठमाडौं, ०३ वैशाख । विभिन्न अलर्ट एसएमएसमार्फत फिसिङ लिंक पठाइ ईसेवामा पहुँच स्थापित गरेर चार हजारभन्दा बढीको खाताबाट रकम चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उक्त आरोपमा कञ्चनपुरको कृष्णपुर-१ घरभई काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जि.सी.ले जानकारी दिए ।

उनले ती एसएमएसहरु मोबाइलमा पठाएर ‘तपाईंको खाता सस्पेण्ड हुन लागेको’ भनी चेतावनी दिई भेरिफाई गर्नको लागि लिंक खोल्न लगाउने गरेका थिए । त्यसपछि सम्बन्धित व्यक्तिहरुको ईसेवा खातामा पहुँच पुर्याएर रकम चोरी गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ । उनले पशुपति ग्लोबल ईनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा एक करोड २ लाख रुपैयाँ रकम ट्रान्सफर गरेको प्रहरीले जनाएको छ ।

उनलाई कालीमाटीबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको जिसीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  वीलभयू फाउन्डेसनद्वारा ललितपुरममा ८४५ औँ ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न ३२० जना सहभागीतामा, १९० जनाले गरे रक्तदान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित