बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा : घरघरमा स्वास्थ्यकर्मी र स्वयंसेविक परिचालन गरि नसर्ने रोगको पहिचान गर्छौ : मन्त्री थापा

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा : घरघरमा स्वास्थ्यकर्मी र स्वयंसेविक परिचालन गरि नसर्ने रोगको पहिचान गर्छौ : मन्त्री थापा



-रमेश गिरी
भक्तपुर, २८ असार : भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नु भएको हो ।
स्वास्थ्य मन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यसअघि जिल्लाको चार वटै स्थानीय तह पूर्ण खोप सूनिश्चित घोषणा गरिएको थियो ।उहाँले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउँन घरदैलोमै अब नसर्ने रोगको पहिचानका लागि स्वास्थ्यकर्मीसहितको स्वयंसेविकाको टोली परिचालन गरिने बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम सोचे अनुसार प्रभावकारी हुन सकेन, त्यसैले नसर्ने रोगको निवारणका लागि रोग पहिचान गर्ने उदेश्यले स्वास्थ्यकर्मीसहित स्वयंसेवक परिचालन गरेर घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्नेछौ । त्यसवापत स्वयंसेविकाहरुलाई पारिश्रमिकको व्यबस्था र एक हजार सञ्चारखर्चको व्यबस्था गरेका छौँ ।”
उहाँले भक्तपुर अस्पताल र हेटौडा अस्पताललाई टेलिमेडिसिन हव बनाएर २४ सै घण्टा सेवा सूचारु गर्ने गरि प्रदेश स्वास्थ्य मन्त्रालयले व्यबस्था गरेको बताउदै प्रदेशस्तरीय अस्पतालको स्तरोन्नती, जनशक्ति थप र उपकरणहरुको वितरणलाई मन्त्रालयले प्रभावकारी रुपमा अगाडि बनाएको बताउनुभयो ।
योग सिकाउने प्रशिक्षकले पनि अब प्रदेशको तालिम लिएर प्रमाण लिएपछि मात्रै गुरु बन्न पाउने व्यबस्था गरेको बताउदै उहाँले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय, वन मन्त्रालय, कृषिलगायतका मन्त्रालयहरुको कार्यक्रमा पनि स्वास्थ्यलाई जोडेर लैजाने उहाँले बताउनुभयो । प्रदेश सरकारले पनि एमडि र एमबिबिएसको पढाइ सुरु गरेको बताउदै उहाँले भक्तपुर अस्पताललगायतका प्रदेश अस्पताल भवन, अधूरो स्वास्थ्य चौकीका भवनलाई पूर्णता दिन गरि बजेटको व्यबस्थापन गरेको बताउनुभयो ।
कार्यक्रममा वागमपति प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले खोप सुनिश्चिततालाई दिगोपन बनाउन चुनौती रहेको बताउदै कोही पनि खोपबाट छुट्न नह्ुने बताउनुभयो । खोप प्रभावकारी हुँदा बालमृत्युदर हरेक वर्ष कम हुदै गएको बताउदै उहाँले नियमित खोप कार्यक्रमको प्रभावकारीले ८० प्रतिशत बालमृत्युदर घटेको बताउनुभयो ।
कार्यक्रममा वागमति प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, खोप महाशाखा प्रमुख डा. अभियान गौतमलगायतले खोप कार्यक्रमलाई आगामी दिनमा पनि प्रभावकारी बनाएर लैजानु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले घरघरमा गएर खोप सुनिश्चितता गर।ेर शून्यमा झारेको बताउदै भक्तपुरमा कोही पनि बालबालिका खोपबाट वञ्चित हुन नपरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि खोप कार्याक्रमलाई प्रभावकारी बनाउने र कोही पनि खोपबाट बञ्चित हुन नपर्ने गरि दिगोपना दिने बताउनुभयो ।
कार्यक्रममा चारवटा नगरपालिकाका र खोप सुनिश्चित घोषणामा सहयोग पुर्ुयाउने निकायलाई सम्मान गर्नुका साथै महिला स्वयंसेविकाहरुलाई मन्त्री थापाले सम्मान गर्नुभयो ।  कार्यक्रमका सभापति, जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले खोप सुनिश्चितालाई दिगो बनाएर लैजान सबै निकाय जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  घरदैलो अभियानमै काँग्रेस परित्याग गरि ५१ जना एमाले प्रवेश

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित