शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापालाई सूर्यविनायक नगर प्रमुख थापाद्वारा बधाई तथा सम्मान

बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापालाई सूर्यविनायक नगर प्रमुख थापाद्वारा बधाई तथा सम्मान



भक्तपुर १, भदौ :  बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा पुनः नियुक्त हुनुभएका किरण थापालाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले हालै बधाई तथा सम्मान गर्नु भएको छ ।
नगर प्रमुख थापाले सम्पूर्ण नगरवासीको तर्फबाट समेत मन्त्री थापालाई सफल कार्यकालका लागि शुभकामना प्रकट गर्दै उहाँले मायाको चिनो समेत प्रदान गर्नु भएको छ । नगरपालिकाको उपप्रमुख सरिता तमिल्सिना भट्टराई र प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले पनि खादा लगाएर बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मन्त्री थापाले प्रदेशको स्वास्थ्य प्रणाली सुदृढ पार्न र जनतालाई सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्री थापाको कार्यकाल ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्नुभयो ।  थापाले मगरसँगको समन्वय र सहकार्यलाई आगामी दिनहरूमा अझ मजबुत बनाउँदै सूर्यविनायक नगरवासीको स्वास्थ्य सेवामा थप सुधार ल्याउने पनि बताउनुभयो ।
 अवसरमा उपप्रमुख सरिता तमिल्सिना भट्टराई र प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले पनि खादा लगाएर बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टर बनाउछु : मन्त्री किरण थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित