बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


नेकपा एमालेका अध्यक्ष ओलीले भने : कार्की आयोग मञ्जुर छैन, एमालेलाई मान्य छैन

नेकपा एमालेका अध्यक्ष ओलीले भने : कार्की आयोग मञ्जुर छैन, एमालेलाई मान्य छैन



भक्तपुर, २३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न अन्तरिम सरकारले गठन गरेको आयोग आफूलाई अमान्य भएको घोषणा गरेका छन्। पूर्व न्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठन भएको आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोग आफूलाई अमान्य भएको बताएका हुन्।

‘यो नक्कली आयोग मञ्जुर छैन,’ भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘किन पनि मञ्जुर छैन भने आयोगमा राखिन भन्दा अगाडि, आयोगमा बस्न अगाडि गम्भीर अभिव्यक्तिको प्रश्न उठिसके पछाडि सप्रमाण मानिसले ल्याइसके पछि उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्दैन।’

उनले आयोगका अध्यक्ष कार्कीका पूर्व अभिव्यक्तिका कारण निष्पक्षतामाथि प्रश्न उठाएका हुन्। ‘एउटा मान्छे अहिलेको अहिल्यै विरोधीबाट निष्पक्ष भइसक्छ? उहाँहरू विरोधीबाट निष्पक्ष भइसक्नुभयो?’ ओलीले भने।

आयोगका अध्यक्ष कार्कीले एकाएक निष्पक्ष हुन केके गरे भनेर पनि ओलीले प्रश्न गरे। उनले भने, ‘के गर्नुभयो गंगाजलले नुहानुभयो, बागमतीको पानी नुहानुभयो। गहुत खानुभयो के के गर्नुभयो? सुनपानी छर्कनुभयो? के गरेर उहाँहरू निष्पक्ष हुनुभयो बताउनु परेन? बोल्नुभयो उहाँहरू? हामी निष्पक्ष छौं भन्न सक्नुभयो?’

ओलीले अगाडि भने : ‘लुसुलुसु अगाडि बढ्नुभएको छ, बढ्नुस्। तपाईँहरूको प्रतिवेदन बुझाउनुस्, फैसला गर्नुस् एमालेलाई मान्य छैन। नेपाली जनतालाई मान्य छैन। मान्दैनौं हामी गर्नुस् केके गर्नुहुन्छ,’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बालिकालाई बेश्यावृत्तिमा लगाएको आरोपमा ठमेलस्थित स्पा सञ्चालक पक्राउ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित