शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


भक्तपुर अस्पतालमा सि.टि.स्क्यान गर्न आउँने बिरामीको संख्या बढ्यो

भक्तपुर अस्पतालमा सि.टि.स्क्यान गर्न आउँने बिरामीको संख्या बढ्यो



भक्तपुर, १९ कात्तिक :  सिटी स्क्यान गर्नुपर्ने विरामीलाई मंहगोमा सेवा लिन भौतारिदै काठमाडौंसम्म जानु पर्ने बाध्यता भक्तपुर अस्पतालले अन्त्य गरेसंगै सेवाग्राहीको चाप बढेको छ ।
भक्तपुर अस्पतालमा गतजेठ ४ गते वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उद्घाटन गरेसंगै सञ्चालनमा आएको सिटी स्क्यान मेशिनबाट पाँच महिनाको अबधीमा एक हजार ७० जना विरामी सेवा लिएका छन् ।
भक्तपुर अस्पतालमा टाउँकोको सिटीस्क्यान गर्न आउनु भएको सूर्यविनायक नगरपालिका–१ सिरुटारका अमृत केसीले निजी अस्पतालमा मंहगो र काठमाडौंका सरकारी अस्पतालमा पालो कुर्नु पर्ने अबस्थामा भक्तपुर अस्पतालबाट सुलभ, छिटो र गुणस्तरीय सेवा पाएको बताउनुभयो ।
उहाँले सिटी स्क्यान गर्नका लागि निजी र सरकारी अस्पतालमा धाउँदा मंहगो लागेको तर भक्तपुर अस्पतालमा आउँदा भक्तपुरकै अन्य सरकारी अस्पताल भन्दा सस्तोमा रु. तीन हजारमै सेवा पाएको बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले सिटी स्क्यान मेशिन जडान भएपछि सेवाग्राहीको चाप ह्वात्तै बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालकी तत्कालिन निर्देशक डा. सुमित्रा गौतमको माग अनुसार तत्कालिन प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले नै सिटी स्क्यान खरिदको ठेक्का सम्झौता गरि गत बैशाखमा आएको मेशिनलाई जेठ ४ गतेदेखि सञ्चालनमा ल्याएका हौं । अहिले सेवाग्राहीले सहज, छिटो र गुणस्तरीय सेवा पाएकासंगै सेवाग्राहीको चाप बढेको छ ।”
रिफरल सेन्टरको रुपमा परिणत भइसकेको भक्तपुर अस्पतालमा डा. सुमित्रा गौतम मेडिकल सुपरिटेडेन्ट भएर आएपछि कोरोना महामारीको जटिल समयमा अस्पतालमा आइसियू, एनआईसियू सञ्चालनदेखि बिभिन्न सेवा बिस्तार गरेको कार्यकारी निर्देशक डा. भट्टले जानकारी दिनुभयो । त्यसपछि अस्पताललाई नमूना र तीन पटकसम्म देशकै उत्कृष्ठ अस्पताल बनाउन सफल भएपछि हाल यस अस्पतालमा दैनिक ९०० देखि ११०० विरामी स्वास्थ्य उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।
उहाँले तत्कालिन वागमति प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेललाई उहाँका राजनीतिक सल्लाहकार डिपी ढकालको सिफारिसमा बजेट विनियोजन भएर स्वास्थ्य मन्त्रालयले बोलपत्र आव्हान गरि आठ करोडको लागतमा १२८ स्लाइसको सिटी स्क्यान मेशिन खरिद गर्ने बोलपत्र आव्हान गरेपछि डा. गौतमको पहलमा १६० स्लाईस्को अत्याधुनिक सिटी स्क्यान मेशिन मन्त्रालयले सम्झौता गरी भक्तपुर अस्पताल ल्याएको थियो । त्यही मेशन भक्तपुर अस्पतालमा सञ्चालनमा आएपछि विरामीलाई सहज भएको छ ।”
भक्तपुर अस्पतालमा पहिलो पटक मेशिन खरिददेखि औषधी एवं औजार र उपकरण खरिदमा हुदै आएको मनोमानी अन्त्य गर्दै डा. सुमित्रा गौतमले इ विडिङ अर्थात अनलाइन बोलपत्र आव्हान गर्ने परिपाटी बसाले पछि खरिद पारदर्शी बन्दै आएको अस्पताल प्रशासनको भनाई छ ।
सिटी स्क्यान मेशिन दिने कम्पनीलेनै अबको १० वर्षसम्म मेशिन सञ्चालनमा कुनै समस्या नआउने गरि ग्यारेन्टी गर्दै सम्झौता गरेको जानकारी दिदै उहाँले मेशिन सञ्चालनका लागि आवश्यक पेपरसमेत १० वर्षसम्मका लागि पुग्ने गरि व्यबस्था गरेको र कम्तीमा १० वर्षसम्म यो मेशिन ढुक्कसंग सञ्चालन हुने व्यबस्था गरेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुर अस्पतालमा ८ करोडको लागतमा सिटी स्क्यान मेशिन र एक करोड १० लाखको लागतमा मेमोग्राम मेशिन सञ्चालनमा ल्याउने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित