शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


अग्नि नियन्त्रक एवं कर्मचारीहरूको मानसिक स्वास्थ्य सुदृढीकरणका लागि योग र ध्वनि चिकित्सामार्फत तनाव व्यवस्थापन कार्यक्रमको समापन

अग्नि नियन्त्रक एवं कर्मचारीहरूको मानसिक स्वास्थ्य सुदृढीकरणका लागि योग र ध्वनि चिकित्सामार्फत तनाव व्यवस्थापन कार्यक्रमको समापन



भक्तपुर, २१ कात्तिक । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जुद्द वारूण यन्त्र कार्यालयले कार्यालय आकर्षक मात्रै नभई चार वटा दमकलसमेत आकर्षक रुपमा तयारी अबस्थामा राखेको पाउँदा खुसी लागेको बताउनु भएको छ ।

जुद्द वारूण यन्त्र कार्यालय भक्तपुरले शुक्रबार अग्नि नियन्त्रक एवं कर्मचारीहरूको मानसिक स्वास्थ्य सुदृढीकरणका लागि योग र ध्वनि चिकित्सामार्फत तनाव व्यवस्थापन कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । समाज नकारात्मकतातर्फ अगाडि बढेको बताउदै प्रजिअ ढकालले समाजलाई सकारात्मकता तर्फ लैजान पनि प्रत्येक व्यक्तिलाई तनाब ब्यबस्थापन तालिम आवश्यक रहेको औल्याउँनुभयो ।

उहाँले आगलागी नियन्त्रणका लागि दमकलहरु तयारी अबस्थामा राखेको र कार्यालयले कर्मचारीको प्रोत्साहनका लागि तनाब व्यबस्थापनदेखि पारिवारिक भेटघाट कार्यक्रमसमेत गर्नुले कर्मचारीवर्गमा प्रोत्साहन मिल्ने बताउनुभयो । उहाँको कर्मचारीलाई स्थायित्व गर्नेबारेमा के गर्न सकिन्छ भनेर मन्त्रालयसंग छलफल गरेर आवश्यक पहल गर्ने प्रजिअ ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा कोष तथा नियन्त्रण कार्यालय भक्तपुरका प्रमुख महेशकुमार दाहालले तनाब नभएको कोही मानिस नहुने भन्दै उहाँले तनाबलाई सकारात्मक ढंगले व्यबस्थापन गर्नु पर्ने बताउनुभयो । उहाँले नकारात्मक ढंगले तनाब लिए जोखिम हुने भन्दै सकारात्मकतालाई अंगालेर अगाडि बढ्नु पर्ने बताउदै आगलागी नियन्त्रण सम्बन्धी तालिम समेत दिदै आएका जुद्ध बारुण यन्त्रकै तालिमको प्रभावले घरमा आगलागी जोखिम न्यूनीकरणका लागि ‘फायर स्ट्रिङ्गर’ जडान गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले जोखिममा काम गर्ने यस कार्यालयका कर्मचारीको लागि तनाब व्यबस्थापन कार्यक्रमसंगै पारिवारिक मिलन कार्यक्रम गरेर कर्मचारी र उनीहरुको परिवारमा आत्मियता र मायालाई अझै बढाएको बताउनुभयो ।

क्रियासिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी ‘आशा’ ले आगाको जोखिममा काम गर्नु पर्ने कर्मचारी करारमा काम गर्दा जीवनको समेत जोखिम रहेको भन्दै अवकाशका बेला रित्तो हात फर्कनु पर्ने अबस्थाको अन्त्य गर्नु पर्ने बताउनुभयो । उहाँले जुद्ध बारुण यन्त्रका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लैजाने व्यबस्था गर्नु पर्नेमा जोड दिदै यसका लागि प्रमुख जिल्ला अधिकारी मार्फत मन्त्रालयमा पहल गर्नु आवश्यक रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस  सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण

जुद्द वारूण यन्त्र कार्यालय भक्तपुरका प्रमुख एवं कार्यक्रमका सभापति विजय धौभडेलले कार्यालयका अग्नि नियन्त्रक कर्मचारीहरू दरबन्दी भित्रै भएपनि अस्थायी रूपमा काम गर्न बाध्य रहेको भन्दै लोकसेवा आयोगमार्फत अन्तिम एक पटकका लाग मात्रै भएपनि स्थायी पदपूर्तिको परीक्षा सञ्चालन गरि स्थायी गर्ने व्यबस्था गरिदिन आग्रह गर्नुभयो ।

कर्मचारीहरू आफ्नो दैनिकीमा तनाव र पारिवारिक चुनौतीको सामना गरिरहेका कारण उनीहरूलाई बुझ्न र सहयोग गर्न उक्त पारिवारिक भेटघाट तथा तनाव व्यवस्थापन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

यसअघि शुक्रबार बिहान जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको प्रागंनमा लायन्स क्लब अफ काठमाडौं स्पिरिचुअलको प्राविधिक सहयोगमा एक दिवसीय तनाब व्यबस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यालय प्रमुख विजय प्रसाद धौभडेलको अध्यक्षता अग्नि नियन्त्रक कर्मचारीको तनाव व्यवस्थापनका लागि योग र ध्वनी चिकित्साको प्रयोग गरि कर्मचारीलाई प्रशिक्षित गरिएको थियो ।

कार्यक्रम सम्पन्न गरियो। सोही कार्यक्रमको निरन्तरतामा आज नै जुद्ध बारुण यन्त्र कार्यालयका कर्मचारी परिवार भेटघाट र सहलेखापाल श्री कृष्ण राई ज्यूको दाम्पत्य जीवनको बधाई तथा शुभकामना कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

कार्यक्रममा योग प्रशिक्षक नवराज काफ्लेको सहभागितामा योगगुरु डा. चिन्तामणी योगीले सहभागि कर्मचारीहरुलाई प्रयोगात्मक प्रशिक्षण दिनु भको थियो ।

योग जिल्ला समन्वय समिति भक्तपुरको अध्यक्ष विजेन्द्र ध्वजु, लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष नारायण अधिकारी, पातञ्जल योग समिति नेपालका उपाध्यक्ष योगप्रसाद आचार्य, लायन्स क्लब अफ काठमाडौंका वरिष्ठ उपाध्यक्ष वैकुण्ठ पौडेल, लायन्स क्लब अफ काठमाडौंका कोषाध्यक्ष सुमन खरेल, पातञ्जल योग समिति नेपालका सदस्य हेमा प्रजापति, लायन्स क्लब अफ काठमाडौंका सदस्य सन्तोष बुढाथोकलगायतको सहभागितामा तनाब व्यबस्थापन तालिम सम्पन्न गरिएको थियो ।

शुक्रबार नै कार्यालयका सहलेखापाल कृष्ण राई र उहाँकी धर्मपत्नी साजना राईलाई प्रमुख जिल्ला अधिकारी ढकाल र कार्यालका प्रमख धौभडेलले टीका तथा खादा ओढाएर बधाई तथा शुभकामना प्रदान गर्नुभयो । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर परिवारको तर्फबाट वैवाहिक जीवनको हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेको थियो ।

यो पनि पढ्नुहोस  राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लिन हुन प्रधानमन्त्री दाहालको निर्देशन

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित