शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन

भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन



भक्तपुर, २४ कात्तिक : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले सकारको मुख्य कार्यभार फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु रहेको यसबाट सरकार पछि नहट्ने बताउनु भएको छ ।  आज  भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सरकार शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न प्रतिबद्ध रहेको बताउनु भएको हो ।
निर्वाचन समयमै सम्पन्न गर्न आवश्यक वातावरण सिर्जना गर्नका लागि सबै राजनीतिक दलहरूलाई सक्रिय हुन आग्रह गर्दै मन्त्री शर्माले भन्नुभयो, “सरकार समयमै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न हामी बिश्वास दिलाउँन चाहन्छौ, आम मतदातालाई आश्वस्त पार्ने काममा सम्बन्धित सबै पक्षलाई केन्द्रित हुन आग्रह गर्दछौँ । निर्र्वाचन सफल पार्न सकारात्मक वातावरण बनाउनु आवश्यक रहेको छ ।” जनतालाई निर्वाचनका लागि आश्वस्त पार्ने काममा सरकार मात्रै नभई तीनै तहका सरकार र दल लाग्नुपर्नेमा जोड दिंदै उहाँले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो ।
देशमा आमुल परिवर्तन ल्याउनुपर्छ भन्ने नै जेनजी आन्दोलनको माग रहेको औल्याउँदै उहाँले वर्तमान सरकारले जेनजी आन्दोलनले दिएको म्यान्डेट अनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्याको तत्काल समाधान गर्न आफू लागिरहेको बताउँदै उहाँले संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्यको अधिकारलाई कानुन बमोजिम उपलब्ध गराउन सरकार लागिरहेको बताउनुभयो ।
आधारभूत अस्पताल, स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य  संस्थामा निःशुल्क उपलब्ध औषधिहरुको प्रभावकारी वितरणका लागि स्थानीय सरकारलाई निर्देशन दिदै मन्त्री शर्माले स्थानीय सरकारलाई स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय सरकारले सशर्त अनुदानको व्यवस्था गरेको भन्दै मन्त्री शर्माले स्थानीय सरकारलाई स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय सरकारले सशर्त अनुदानको व्यवस्था गरेको बताउनुभयो ।
प्रत्येक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालमा सरकारले तोकेको ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध हुनुपर्नेमा जोड दिंदै सबै विरामीले औषधि पाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, बागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिब डा.श्रीकृष्ण श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्जवल चालिसे लगायतले अस्पतालले प्रदान गर्ने सेवालाई थप ब्यबस्थित र प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुरमा १७ हजार ६९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउदै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित