भक्तपुर, २५ कात्तिक : आयुर्वेद तथा बैकल्पिक चिकित्सालय भक्तपुरमा आजबाट एक वर्षदेखि पाँचवर्षसम्मका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदि औषधि) खुवाउने अभियान सुरु भएको छ ।
आज चिकित्सालयको कार्यालयमा आयोजित अभियानको उद्घाटन कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले कार्यक्रम स्थलमै मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदि औषधि) खुवाएर अभियानको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकार आफैले सरकारले विरामीलाई निःशुल्क प्रदान गर्ने २२ प्रकारका औषधि उत्पादन गर्न थालेको बताउदै यसलाई बढाउँदै ३२ प्रकारको आर्युवेदिक औषधि उत्पादनको तयारी गरिरहेको बताउनुभयो ।

आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा आमनागरिकको विश्वास बढेपछि विरामीको चाप पनि बढेको भन्दै उहाँले वागमती प्रदेशमा कोही पनि नागरिककले स्वास्थ्य उपचार नपाएर ज्यान जानु पर्ने अबस्थाको अन्त्य गर्ने गरि मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
प्रदेशका दुर्गम जिल्ला एवं पालिकाहरुमा समेत प्रदेश स्वास्थ्य मन्त्रालय आफै पुगेर आवश्यक जनशक्ति, बिभिन्न उपकरण, औषधिहरु वितरण गरिरहेको, शिविरहरु सञ्चालन गरि निःशुल्क उपचारको व्यबस्था गरिएको र यसलाई १३ जिल्लामा अझै विस्तार गर्ने अभियान आगामी महिनाबाटै सुरु गर्ने बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “बालबालिकाको बौद्धिक क्षमता विकास गर्न, मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले चालू आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउने भएको छ । भक्तपुरमा आज यहाँबाट सुरु भएको छ ।”
भक्तपुरमा आज ९२ जना बालबालिकालाइ ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको र हरेक महिनाको एक पटक उक्त औषधि खुवाइने भएको छ । यो औषधिले अटिज्म देखिएका बालबालिका, मौषमी रुघा लाग्ने लगायत बिभिन्न रोग लाग्नबाट रोक्ने छ । ‘स्वर्ण विन्दु प्राशन’ एकदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र तीनदेखि पाँच वर्ष मुनिका बालबालिकालाई चार थोपा खुवाउनुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

