बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


राष्ट्रिय युवा संघ नेपाल भक्तपुरकाे संयाेजकमा दिपेश बिसुङ्के

राष्ट्रिय युवा संघ नेपाल भक्तपुरकाे संयाेजकमा दिपेश बिसुङ्के



भक्तपुर, २५ कार्तिक । नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ, नेपाल, जिल्ला कमिटीको संयोजकमा दिपेश विसुङ्के चयन हुनुभएको छ । संघका निवर्तमान अध्यक्ष रविना थापा पोखरामा सम्पन्न केन्द्रीय कमिटीको अधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपश्चता विसुङ्खेलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

संघको विधान अनुसार जिल्ला कमिटीले प्रत्येक दुई/दुई वर्षमा अधिवेशन गरी नयाँ नेतृत्व छनोट गर्नुपर्छ । जस अनुसार संघको भक्तपुर जिल्ला कमिटी समयावधी करिव ६ महिना अघि नै सम्पन्न भएको थियो । केन्द्रीय अधिवेशन हुने भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको थियो ।

विसुङ्केको नेतृत्वमा अवको ६ महिनाभित्रमा जिल्ला अधिवेशन गर्ने गरी संयोजक तोकिएको संघले जनाएको छ । संयोजकको जिम्मेवारी पाएपश्चात उहाँले भन्नुभयो, ‘संघले यस्तो विषम परिस्थितीमा मलाई विश्वासका साथ जिम्मेवारी मेरो काँधमा सम्पेको छ । नेतृत्वप्रति हार्दिक आभार प्रकट गर्दछु ।

यसलाई अक्षरस पुरा गर्नेछु । परिस्थिती अनुसारको जिम्मेवारी पुरा गर्छु । पार्टीको हितको निम्ती विशेष रणनीति वनाई आगामी निर्वाचनमा भक्तपुर युवाको विश्वास, भरोषा र भविष्यको आधार भनेको नै ‘राष्ट्रिय युवा संघ हो, एमाले हो’ भन्ने कुरा युवाहरुलाई विश्वस्त पार्दै ‘भक्तपुर जिल्ला एमालेको लालकिल्ला’ भन्ने नारालाई यथार्थमा रुपान्तरण गर्ने गरी लाग्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भक्तपुरका सांसद किरण थापालाई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित